बिएल संवाददाता
कैलाली–१ बाट उम्मेदवारी दिएका नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीको उम्मेदवारी रद्ध भएको छ।
उम्मेदवार बन्न अयोग्य रहेको भन्दै चौधरीविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको थियो। उजुरीमाथि छानबिन गर्दै आयोगले चौधरीको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको हो।
पाँच जना उम्मेदवारविरुद्ध उजुरी परेको थियो त्यसमध्ये तीन वटा उजुरी नै खारेज भइसकेको छ।
मंगलबार उम्मेदवारी दर्ता गरेका देशभरका उम्मेदवारमध्ये ५ जनाविरुद्ध उजुरी परेको थियो।
यता भक्तपुर–२ बाट उम्मेदवार बनेका रास्वपाका राजीव खत्री र नेपाल जनसेवा पार्टीकी जानुका पाठक (शोभा)विरूद्धको उजुरी आयोगले खारेज गरिदिएको छ।
त्यस्तै रौतहट–१ बाट उम्मेदवारी दिएका नेकपा नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको उम्मेदवारी विरुद्ध परेको उजुरी पनि खारेज भएको छ।
त्यस्तै सुनसरी–२ बाट उम्मेदवार रहेका रास्वपाका लालविक्रम थापाविरुद्ध परेको उजुरीमा पनि दाबी नपुग्ने भन्दै आयोगले उजुरी खारेज गरेको छ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया