बिएल संवाददाता
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। गोरखा निर्वाचन क्षेत्र नं २ बाट उम्मेदवारी दर्ता गराएका भट्टराईले शुक्रबार आयोगले निर्धारण गरेको समयभित्र उम्मेदवारी फिर्ता लिएका हुन्।
उनको सचिवालयले उम्मेदवारी फिर्ता लिएको बताएको छ। तर अब उनको समर्थन कसलाई रहन्छ भन्ने खुलाइएको छैन। यसअघि भट्टराईले चुनाव नलड्ने घोषणा गरेका थिए। तर अन्तिम समयमा उनलाई पार्टीले उम्मेदवार बनायो।
भट्टराईले प्रगतीशील लोकतान्त्रिक पार्टीका तर्फबाट उम्मेदवारी दिएका थिए।
शुक्रबार बिहानै रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्लेले भट्टराईलाई उम्मेदवारी फिर्ता लिएर अभिभावक बन्न सुझाव दिएका थिए। आफ्नो निर्वाचन क्षेत्रका अरु युवाले समेत उम्मेदवारी फिर्ता लिन आग्रह गरेको भन्दै भट्टराई बिहानैदेखि त्यसबारे छलफलमा जुटेका थिए।
यो निर्वाचनमा क्षेत्रमा नेकपा एमालेका चक्रे मिलन, कांग्रेसका प्रकाशचन्द्र दवाडी तथा राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीसहितका उम्मेदवारहरू मैदानमा छन्।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया