शनिबार, २४ जनवरी २०२६

राजनका बागी महेश्वरसहित प्रभावशाली नेता हरिबोल गजुरेल प्रचण्डको पार्टीबाट निष्कासित

News Image
• • •

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता हरिबोल गजुरेल र महेश्वर दाहाल पार्टीबाट निष्कासनमा परेका छन्।

पार्टीको निर्णय विपरित सिन्धुली–२ बाट पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उठेका दाहाल र उनलाई समर्थन गरेका गजुरेल पार्टीबाट निकालिएका हुन्।

सिन्धुली २ मा नेकपाका आधिकारिक उम्मेदवार लेखनाथ दाहाल (राजन) रहेका छन्। लेखनाथले गत निर्वाचनमा पनि सिन्धुली–२ बाटै जितेका थिए।

पार्टीको निर्णय र निर्देशनविपरित उम्मेदवार बनेका र त्यस्ता उम्मेदवारका प्रस्तावक, समर्थक तथा प्रचारक बनेका कारण अनुशासनको कारबाही गर्दै पार्टीबाट निष्कासन गरिएको नेकपाले जनाएको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!