शनिबार, २४ जनवरी २०२६

म पदलोलुप होइन, दिएको जिम्मेवारी पूरा गर्ने व्यक्ति हुँः कुलमान घिसिङ

News Image
• • •

उज्यालो पार्टी नेपालका अध्यक्ष कुलमान घिसिङले आफू पदलोलुप नभएको दाबी गरेका छन्।

शनिबार सामाजिक सञ्जालमार्फत उनले आफू जेनजी आन्दोलनपछि गठन भएको अन्तरिम सरकारमा सहभागी भएकोबारे भइरहेका टिप्पणीप्रति जवाफ दिएका छन्।

आन्दोलनपछिको विषम परिस्थितिमा प्रधानमन्त्री सुशीला कार्की र जेनजी आन्दोलनका अगुवाहरूको अनुरोधमा आफू सरकारमा सहभागी भएको बताएका छन्।

जेनजी आन्दोलनपछि राज्य संरचना प्रायः शून्यताजस्तो अवस्थामा पुगेको बेला घिसिङले प्रधानमन्त्री कार्कीको आग्रहमा चुनौती स्वीकार गर्दै जिम्मेवारी सम्हालेको उनको भनाइ छ।

‘आफ्नो अडान प्रष्ट राखेरै काम गरेको थिएँ र राजनीतिक प्रश्न उठेपछि पदबाट राजीनामा दिएको कुरा सर्वविदित छ,’ घिसिङले लेखेका छन्, ‘म पदलोलुप होइन, राज्यले दिएको जिम्मेवारी पूरा गर्ने व्यक्ति हुँ।’

उनले आफूविरुद्ध नियोजित रूपमा बदनाम गराउने मनसायले भ्रमपूर्ण प्रचार र टिका–टिप्पणी भइरहेको भन्दै प्रभावित नहुन आग्रह पनि गरेका छन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!