शनिबार, २४ जनवरी २०२६

विवादित सेयर कारोबारी दीपेन्द्र अग्रवाल एमाले प्रवेश

News Image
• • •

विवादित सेयर कारोबारी दीपेन्द्र अग्रवाल नेकपा एमालेमा प्रवेश गरेका छन्।

शनिबार एमाले मुख्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा एमालेका अध्यक्ष केपी ओलीले अग्रवाललाई पार्टीमा स्वागत गरेका हुन्।

अग्रवाल यसअघि जनता समाजवादी पार्टी, नेपालका केन्द्रीय सदस्य थिए।

अग्रवाल सेयर मूल्य कृत्रिम रूपमा बढाएको र झुटो कारोबार र मूल्य प्रभावित पारेको आरोपमा पटक–पटक पक्राउ पर्दै छुट्दै आएका छन्।

अग्रवालले सस्तोमा सेयर खरिद गर्ने अनि गलत प्रचारप्रचार गरी मूल्य बढाइ बिक्री गरी आफू बाहिरिने गरेको र लगानीकर्तामाथि धोकाधडी गरेको आरोपमा सीआईबीले उनलाई पक्राउ गरेको थियो।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!