बिएल संवाददाता
झापा–५ बाट उम्मेदवारी दिएका रास्वपा वरिष्ठ नेता बालेन साह ५ दिन पूर्वी नेपालको भ्रमण गरेर काठमाडौं फर्किएका छन्।
काठमाडौं महानगरपालिकाको मेयरबाट राजीनामा दिएर जनकपुर हुँदै पूर्वका जिल्ला पुगेका रास्वपा वरिष्ठ नेता बालेन शाह काठमाडौं फर्किएका छन् ।
शनिबार अपराह्न इटहरी पुगेका बालेन त्यहाँबाट विमानमार्फत काठमाडौं फर्किएका हुन्।
गत ४ माघमा काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर रास्वपा केन्द्रीय कार्यालयमा वरिष्ठ नेताको पदबहाली गरेका बालेन सोही दिन जनकपुर पुगेका थिए।
माघ ५ गते जनकपुरमा आयोजित विशाल सभालाई सम्बोधन गरेर सोझै झापा हानिएका उनले ६ गते झापा–५ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका थिए।
त्यसपछि उनी पूर्वी नेपालका इलाम, ताप्लेजुङ, पाँचथर र तेह्रथुमका विभिन्न क्षेत्रमा पुगेर रास्वपा उम्मेदवारहरूलाई भोट माग्दै शनिबार बिहान धनकुटा आइपुगेका थिए।
धनकुटाबाट इटहरी पुगेका उनी त्यहाँबाट काठमाडौं फर्किएका हुन्।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया