बिएल संवाददाता
नेकपा एमालेबाट प्रधानमन्त्रीका दाबेदार अध्यक्ष केपी ओलीले भावी प्रधानमन्त्रीका उम्मेदवारहरूबीच सार्वजनिक बहसका लागि आफू तयार रहेको बताएका छन्।
शनिबार पार्टी मुख्यालय च्यासलमा पत्रकारहरूसँग कुराकानी गर्दै ओलीले प्रत्यक्ष प्रसारण हुनेगरी खुला बहका लागि आफू तयार रहेको बताएका हुन्।
पत्रकारको प्रश्नमा ओलीले भने, ‘एउटा त्यस्तो बहस चाहिन्छ। प्रधानमन्त्रीको उम्मेदवार हुँ भन्नेहरूको बीचमा संवाद कार्यक्रम राख्नुस् र एउटा पब्लिक डिबेट, ओपन लाइभ गर्न आवश्यक छ। किन प्रधानमन्त्री हुनुपर्ने, के गर्नलाई प्रधानमन्त्री हुनुपर्ने? आदि कुराहरू त छलफल गर्नु पर्यो नि।’
यता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन साहलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनावमा होमिएको छ।
नेपाली कांग्रेसले पनि शुक्रबार मात्रै बसेको केन्द्रीय कार्यसमिति बैठकले विशेष महाधिवेशनबाट नवनिर्वाचित सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरिसकेको छ।
सामाजिक सञ्जालमार्फत ओली, गगन र बालेनलगायत प्रधानमन्त्रीका उम्मेदवारबीच सार्वजनिक बहस हुनुपर्ने आवाज उठिरहेका बेला ओलीले आफू तयार रहेको बताएका हुन्।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया