बिएल संवाददाता
व्यापारी कमल मालपानीको ल्याण्डरोभर गाडी चढेर पूर्वी नेपाल घुमेका बालेन साह काठमाडौं उत्रिने बित्तिकै फेरि सबैलाई चक्मा दिँदै एमालेकै नेताको गाडी चढेर विमानस्थलबाट बाहिरिएका छन्।
झापा–५ मा मनोनयन दर्ता गरी ६ दिन पूर्वी नेपाल भ्रमण गरेका बालेन शनिबार राति काठमाडौं फर्किएका थिए। काठमाडौं उत्रिएपछि पत्रकारको घेरामा परेका बालेन पत्रकारले सोधेको जवाफ नै नदिइ हतारिँदै रातो रङको टेस्ला गाडी चढेर बाहिरिएका थिए।
त्यो गाडी अरू कसैको नभइ एमालेकै युवा नेता एवं अनेरास्ववियुका पूर्व अध्यक्ष डा. सुजन कडरियाको रहेको खुलेको छ। बालेनलाई लिन कडरियाका माइला भाइ सुशील कडरिया बागमती प्रदेश ४४०६ नम्बरको रातो टेस्ला लिएर विमानस्थल पुगेका थिए।
सुजनको गाडी विमानस्थलतर्फ सोझिएपछि एमालेले चियो बुझ्न युवासंघका केही युवाहरूलाई खटाएको खुलेको छ। विमानस्थलबाट हतारिँदै निस्किएका रास्वपाबाट प्रधानमन्त्रीका उम्मेदवार बालेन साह एकाएक सुजनको गाडीमा गढेर बाहिरिएपछि एमालेले खटाएका जासुसहरू नै छक्क परेका थिए।
झापाकै कतिपय एमाले नेताहरूलाई आफ्नो अभियानमा सामेल गराएर फर्किएका बालेनले काठमाडौंमा समेत युवा नेताहरूसँग साँठगाँठ गरेपछि एमाले पंक्ति यतिबेला तरंगित छ।
काठमाडौं उत्रिए लगत्तै एमाले अध्यक्ष केपी ओलीले विमानस्थलमा आफूलाई सुन तस्कर झैं व्यवहार गरिएको भन्दै असन्तुष्टि पोखेका थिए।
‘एमाले चुनावमा जाने कि आन्दोलनमा भनेर सोचिरहेको’ भन्ने ओलीको अभिव्यक्ति झापामा चुनाव हार्ने निश्चित भएपछिको निराशा रहेको एमाले वृत्तमा चर्चा छ।
नेता कडरियाले भने उक्त गाडी आफ्नो नभएको भन्दै ठाडै अस्वीकार गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत आफ्नो गाडी एएनवाई रहेको र बालेनसँग आफ्नो भाइको सम्बन्ध उनकै निजी मामला रहेको र दाजुभाइ पारिवारिक रुपमा पनि सँगै नबस्ने दाबी गरेका छन्।
उनले भनेका छन्, ‘मैले अहिलेसम्म बालेनलाई भेटेको पनि छैन। मेरो कुनै टेस्ला गाडी पनि छैन। मेरो गाडी एएनवाई (ANY) हो। एउटा रातो गाडी अगाडि मेरो फोटो राखेर नम्बर प्लेट मिल्यो भन्दै पूर्वाग्रहपूर्ण ढङ्गबाट प्रकाशित समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। यसअघि पनि चिन्दै नचिनेको बालेनको मन्त्री बन्न अखिलबाट राजीनामा भन्ने शीर्षकमा समाचार प्रकाशन भएपछि मैंले व्यक्तिगत रूपमा अत्यधिक आलोचना सहनुपरेको थियो। त्यसबाट भएको क्षति कदापि माफ हुन सक्दैन। आज यस्तै सस्तो लोकप्रियतामा चल्ने मिडियाका कारण यथार्थ बुझ्न झन् गाह्रो भएको छ। बालेनसँग मेरा साथीभाइहरूको सम्बन्ध छ, भन्ने त्यो नितान्त उनीहरूबीचको व्यक्तिगत सम्बन्ध हो। मेरो भाइको सम्बन्ध पनि उसको निजी मामिला हो र पारिवारिक रूपमा पनि हामी सँगै बस्दैनौँ। म बालेनलाई व्यक्तिगत रूपमा चिन्दिनँ, र त्यो मेरा लागि आवश्यक पनि छैन।म सधैँ नेकपा एमाले र श्रद्धेय अध्यक्ष केपी शर्मा ओलीको समर्थक हुँ। म एमालेको कार्यकर्ता हुँ र रहनेछु।’
केही महिनाअघि उनै कडरियाले एमालेमा लाग्नेबित्तिकै बालेन साहको आलोचना गर्नुपर्छ भन्ने आफूलाई नलाग्ने बताएका थिए।
उनले भनेका थिए, ‘एमालेमा लाग्नेबित्तिकै बालेनलाई गाली गर्नुपर्छ भन्ने म चाहिँ मान्दिनँ। आफ्नो व्यक्तित्व हुनसक्छ। उहाँ एउटा राम्रो र्यापर पनि त होनि त्यसको फलोअर हुन सकिन्छ। मलाई उहाँका गीत मन पर्छ सक्छन्। नीतिगतरुपमा उहाँका योजना र एउटा पार्टीलाई लाउने आरोपको तालमेल नमिल्नसक्छ तर व्यक्तित्व त उहाँको पनि हो, हामीले मनपराउन पाउँछौं। के थाहा बालेन नै भोलि जबजको समर्जक हुनुहुन्छ कि?’
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया