बिएल संवाददाता
नेपाली कांग्रेसका नेता एवं निवर्तमान सांसद राजेन्द्र बजगाईंले आफू कांग्रेस छोड्ने मनस्थितिमा पुगेको बताएका छन्।
सामाजिक सञ्जालमा लेख्दै नेता बजगाईंले सभापति गगन थापालाई निकृष्ट पात्रको संज्ञा दिँदै कांग्रेस निर्दोष रहे पनि ती पात्रहरूको कारण आफू कांग्रेसबाट अलग हुन लागेको बताए।
‘धेरै भारी मनले म नेपाली कांग्रेससँगको आबद्धता अब समाप्त गर्ने सोचमा पुगेको छु। धेरै पटक मृत्युको मुखबाट आफूलाई बचाएँ, धेरैलाई सन्तानको सुख र गाँस– नामसारी-गरिदिएँ, कैयौँको जीवन जोगाईदिएँ, एकाध निकृष्ट पात्रका कारण निर्दोष कांग्रेसलाई छाड्नै पर्ने भयो,’ उनले एक्समा लेखेका छन्।
गत निर्वाचनमा गोरखा–१ बाट प्रतिनिधि सभामा निर्वाचित भएका बजगाईंले यसपटक टिकट पाएनन्। उनको क्षेत्रमा यसपटक सभापति थापाले प्रेम खत्रीलाई टिकट दिएको छ।
थापा सभापति भए आफ्नो टिकट रोकिने आफूले पहिले नै बुझिसकेको उनको दाबी छ। झन् प्रधानमन्त्री भए भने आफूलाई झुठा मुद्धा लगाएर फसाउन सक्ने उनको बुझाइ छ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया