बिएल संवाददाता
कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी (उनेपा)का १५ जना केन्द्रीय सदस्यहरूले पार्टी त्यागेको औपचारिक घोषणा गरेका छन्।
रास्वपा र उज्यालो नेपालको एकता भंग भएकोप्रति असन्तुष्ट नेताहरूले पार्टी छोडेको घोषणा गरेका हुन्। कुलमानको कारण पार्टी एकता भाडिएको निष्कर्षमा पुगेका यी नेताहरू उनीसँग असन्तुष्ट थिए।
नेताहरूले एउटा हस्ताक्षररहित विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘यसलाई कुनै दलप्रति समर्थन वा विरोधका रूपमा नभई नागरिक चेतना र साझा हितको अभ्यासका रूपमा बुझिदिन अनुरोध गर्दछौं।’
पार्टी छोड्नेमा डा. बिशाल कुमार भण्डारी, डा. अभिसेकराज सिंह, डा.घनश्याम पाण्डे, डा. सागर ढकाल, विशाल गैरे, सरला लामिछाने, सुजन श्रेष्ठ, कुशुम घिमिरे, क्षितिज भण्डारी, मीनराज आचार्य, रजिया बुनु, निर्देश सिलवाल, देवेन्द्र श्रेष्ठ र संजिव भट्टराई छन्।
यी नेताहरू रास्वपामा समायोजनको प्रयासमा रहेको बुझिएको छ। रास्वपाका एक नेताका अनुसार केही नेताहरूले केन्द्रीय समितिमा समायोजनका लागि उपसभापति डा. स्वर्णिम वाग्लेलेलाई नामसमेत टिपाएको खुलेको छ।
वाग्लेले नेताहरूको प्रस्ताव सभापति रवि लामिछानेलाई बुझाएका थिए तर, रविले प्रस्ताव अस्वीकार गरेको ती नेताले बताए। प्रस्ताव अस्वीकृत भएपछि ती नेताहरू बिना हैसियत रास्वपामा समाहित हुने कि अन्य वैकल्पिक शक्तिमा एकाकार हुने भन्ने अन्यौलमा परेका छन्।
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया