बिएल संवाददाता
नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले पार्टी केही व्यक्तिहरूको कब्जामा परेको भन्दै सधैं यस्तो अवस्था नरहने बताएका छन्।
पत्नी डा. आरजु देउवा राणाको ६३औं जन्मदिनका अवसरमा महाराजगन्जस्थित निवासमा पुगेका कांग्रेस नेताहरूसँग देउवाले यो अवस्था सधैं नरहने भन्दै धैर्य गर्न आग्रह गरेका हुन्।
उनले नेताहरूसँग अहिलेको कठिन समय बितेर जाने बताएको महाराजगञ्ज पुगेका एक नेताले बताए। उनका अनुसार देउवाले वर्तमान सभापति गगन थापाले यसरी सबै सेटिङ मिलाएर भित्रभित्रै पार्टी कब्जा गर्लान् भन्ने सोच्दै नसोचेको बताएका छन्।
उनले चुनावको चटारोले पार्टी एकढिक्का राख्न पनि तत्काल थप निर्णय लिन नसकेको बताएका ती नेताले बताए। उनले तथाकथित विशेष महाधिवेशनबाट पार्टी गगनको कब्जामा गए पनि नियमित महाधिवेशनमा पार्टीको नेतृत्व आफूहरूमै फर्किने देउवाले नेताहरूलाई आश्वासन दिएका छन्।
भाद्र २३ गराएर २४ मा देश जलाउने आधार बनाउनेलाई दण्डित गर्नैपर्छ
जनताले प्रदेश सभामै अस्वीकार गरेका ललितजंगलाई पार्टीले पुर्यायो राष्ट्रिय सभा
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया