मङ्गलबार, २७ जनवरी २०२६

यो एक्लाएक्लै हिँड्ने बेला होइन, बामपन्थीहरू एक हुनुपर्छः प्रचण्ड

News Image
• • •

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले अब पनि बामपन्थीहरू एक्ला एक्लै हिँडेर नहुने बताएका छन्।

क्रान्तिकारी कम्युनिस्ट पार्टीसँग एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले मोहन वैद्य किरणसहित आफ्ना पुराना सहकर्मीहरूलाई एकतामा आउन आह्वान गरे।

उनले भने, ‘राष्ट्रलाई माया गर्ने, कम्युनिस्ट आन्दोलनलाई बलियो बनाउन, जनताको विकास र समृद्धिको आकाङ्क्षालाई सम्बोधन गर्न एकताबद्ध हुनुको विकल्प छैन।’

प्रचण्डले राजनीतिमा सिद्धान्त र विचारको खडेरी परेको र सामाजिक सञ्जालहरूमा स्टन्टबाज गरेको भरमा नै जनताको दिमाग चाट्ने काम भइरहेको टिप्पणी गरे।

उनले भने, ‘सोसल मिडियामा स्टन्टबाज गरेको भरमा नै जनताको दिमाग चाट्ने काम भइरहेको छ। यसलाई हामी सबै एकताबद्ध भएर मात्रै रोक्न सकिन्छ।’

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!