बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट बाँके–३ का उम्मेदवार खगेन्द्र सुनारविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ।
‘खसीको मासु खान पाउँदा गाईको मासु पनि खान पाउनुपर्छ’ भन्ने सुनारको अभिव्यक्तिलाई जोडेर मंगलबार राष्ट्रिय कथाव्यास समाजले उनको उम्मेदवारी खारेज गर्न माग गर्दै उजुरी दिएको हो।
सुनारले एक युट्युब मिडियालाई तीन महिनाअघि दिएको उक्त अभिव्यक्तिले धर्म, संस्कृति र सामाजिक सद्भावमा चोट पुर्याउने उजुरीमा भनिएको छ।
उजुरीमा भनिएको छ, ‘बहुसंख्यकहरूको आस्थालाई कुल्चिने मानमर्दन गर्ने अभिव्यक्ति दिने दशको राष्ट्रिय चिन्हहरूको अपमान गर्नेले भोलि देशको हित गर्न सक्छ भनेर हामी नेपालीले कसरी विश्वास गर्न सक्छौं? सनातनीहरूले मातावत् पुजनीय गौमाता देशको राष्ट्रिय जनावर काटेर खानुपर्छ भन्ने अभिव्यक्ति संविधान विपरित छ भनेर हामीले जानकारी गराउनु नपर्ला।’

नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया