बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अहिले अस्पतालमा छन्। खुट्टामा लागेको चोट लामो समयसम्म सन्चो नभएपछि उनी त्रिभुवन विश्वविद्यालयको शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका हुन्।
बुधबार बिहान अस्पतालले एक विज्ञप्ति जारी गर्दै उनको अवस्था सार्वजनिक गरेको छ। उनको सचिवालयका अन्सार गत माघ ५ गते जनकपुरमा भएको चुनावी सभामा उनको देब्रे खुट्टामा चोट लागेको थियो। उक्त चोट भित्रिभागसम्म फैलिएपछि उनी अस्पताल भर्ना भएका हुन्।
‘औषधि सेवन गर्दा पनि सन्चो नभएर सेलुलाइटिस भएको कारणले यस अस्पतालको हाडजोर्नी विभागमा उहाँ भर्ना हुनुभएको र नशाबाट एन्टिबायोटिकमार्फत उपचार भइरहेको छ’ शिक्षण अस्पतालले भनेको छ ‘अहिले उहाँको अवस्था सामान्य रहेको छ।’
रविका स्वकीय अविनाश आचार्यका अनुसार चिकित्सकहरूले चोट गम्भिर नभएको तर संक्रमणको जोखिम भएका कारण अस्पतालमै भर्ना हुनुपरेको हो।
आगामी फागुन २१ को चुनावका लागि रास्वापले अहिले देशब्यापीरुपमा चुनावी अभियान निकै आक्रामक बनाएको छ। गत माघ ५ गते जनकपुरमा पहिलोपटक बालेन शाहलाई सम्बोधन गर्न लगाएर उसले चुनावी अभियान आरम्भ गरेको थियो।
काठमाडौं महानगरको मेयरबाट राजीनामा दिएर बालेन झापा ५ बाट चुनाव लड्दैछन्। रास्वपाले उनलाई बरिष्ठ नेता बनाएर भावी प्रधानमन्त्रीकारुपमा समेत प्रस्तुत गरेको छ। हाल रास्वपाको चुनावी अभियानका क्रममा बालेन पश्चिम नेपालका विभिन्न जिल्लाहरूमा छन्। यसअघि उम्मेदवारी दर्ता गराएर उनी पूर्वी नेपालका जिल्ला घुमेका थिए।
चुनावी अभियानमा बालेनमात्रै देखिएपछि सामाजिक सञ्जालमा रविका बारेमा बहस चल्न थालेको थियो।
‘चिकित्सकहरूको सुझावअनुसार पूर्ण उपचार र स्वास्थ्य सुधारपछि मात्र उहाँ पुनः नियमित राजनीतिक तथा सांगठनिक अभियानमा फर्किने जानकारी गराइन्छ’ उनको सचिवालयले भनेको छ ‘सभापतिज्यू सार्वजनिक रूपमा नदेखिनु भएको विषयमा चासो, चिन्ता तथा शुभेच्छा व्यक्त गर्नुहुने सबैमा हार्दिक धन्यवाद ज्ञापन गर्दछौं।’
बालेनलाई ढाल बनाएर ओलीलाई रविको ‘चेकमेट’
भाद्र २३ गराएर २४ मा देश जलाउने आधार बनाउनेलाई दण्डित गर्नैपर्छ
जनताले प्रदेश सभामै अस्वीकार गरेका ललितजंगलाई पार्टीले पुर्यायो राष्ट्रिय सभा
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया