बिएल संवाददाता
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले चुनावी सार्वजनिक बहसका लागि आफू तयार रहेको बताएका छन्।
बुधबार पत्रकारहरूसँग कुराकानी गर्दै प्रचण्डले आफू जोसँग पनि पब्लिक डिबेटका लागि तयार रहेको बताए।
उनले भने, ‘म त पब्लिक डिबेटका लागि तयार नै छु। मैले त पब्लिक डिबेट गर्दै आइरहेकै छु। भदौ २७ गते अन्तरिम सरकार बन्यो। त्यसपछि यही ठाउँमा पहिलो सार्वजनिक रूपले म प्रस्तुत भएँ, पहिलो बहस मैले थाले, देशव्यापी हिँड्न पनि हामी नै थालेका हौं।’
केही पत्रकारहरूले सार्वजनिक बहसको चर्चा चलाएपछि एमाले अध्यक्ष एवं प्रधानमन्त्रीका दाबेदार केपी ओलीले आफू बहसका लागि तयार रहेको प्रतिक्रिया दिएका थिए।
तर, रास्वपाबाट प्रधानमन्त्रीका दाबेदार वरिष्ठ नेता बालेन साहले ओलीमाथि संगिन आरोप लगाउँदै बहस बहिष्कार गरेका थिए। यता कांग्रेस सभापति एवं प्रधानमन्त्रीका दाबेदार गगन थापाले भने सार्वजनिक बहसबारे मुख खोलेका छैनन्।
तत्कालका लागि बहसको चर्चा चलाएका पत्रकारहरू नै विवादित बनेपछि बहसको चर्चा सेलाएको छ।
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया