बिएल संवाददाता
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले चुनावी सार्वजनिक बहसका लागि आफू तयार रहेको बताएका छन्।
बुधबार पत्रकारहरूसँग कुराकानी गर्दै प्रचण्डले आफू जोसँग पनि पब्लिक डिबेटका लागि तयार रहेको बताए।
उनले भने, ‘म त पब्लिक डिबेटका लागि तयार नै छु। मैले त पब्लिक डिबेट गर्दै आइरहेकै छु। भदौ २७ गते अन्तरिम सरकार बन्यो। त्यसपछि यही ठाउँमा पहिलो सार्वजनिक रूपले म प्रस्तुत भएँ, पहिलो बहस मैले थाले, देशव्यापी हिँड्न पनि हामी नै थालेका हौं।’
केही पत्रकारहरूले सार्वजनिक बहसको चर्चा चलाएपछि एमाले अध्यक्ष एवं प्रधानमन्त्रीका दाबेदार केपी ओलीले आफू बहसका लागि तयार रहेको प्रतिक्रिया दिएका थिए।
तर, रास्वपाबाट प्रधानमन्त्रीका दाबेदार वरिष्ठ नेता बालेन साहले ओलीमाथि संगिन आरोप लगाउँदै बहस बहिष्कार गरेका थिए। यता कांग्रेस सभापति एवं प्रधानमन्त्रीका दाबेदार गगन थापाले भने सार्वजनिक बहसबारे मुख खोलेका छैनन्।
तत्कालका लागि बहसको चर्चा चलाएका पत्रकारहरू नै विवादित बनेपछि बहसको चर्चा सेलाएको छ।
बालेनलाई ढाल बनाएर ओलीलाई रविको ‘चेकमेट’
भाद्र २३ गराएर २४ मा देश जलाउने आधार बनाउनेलाई दण्डित गर्नैपर्छ
जनताले प्रदेश सभामै अस्वीकार गरेका ललितजंगलाई पार्टीले पुर्यायो राष्ट्रिय सभा
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया