बिएल संवाददाता
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राष्ट्रको अवस्थाबारे जनतालाई सजग गराउनुपर्ने बताएका छन्।
बुटवलमा आयोजित घोषणापत्र सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै केसीले नयाँका नाममा नक्कली कुरा गर्ने र भ्रम छर्नेहरू आएको टिप्पणी गरे।
उनले भने, ‘नयाँ-नयाँ रूपमा, नयाँ-नयाँ कुराहरू गरेर विभिन्न खाले मान्छेहरू अहिले नेपाली जनतालाई भ्रममा पार्न जो आइराखेका छन्। त्यसमा दृढतापूर्वक हामीले जनतालाई सजग गराउनुपर्छ र राष्ट्रको अस्तित्व जोगाउने कुरामा हामी सबै एक ढिक्का हुनुपर्छ।’
विगतमा जान अन्जानमा जे गल्ती, कमजोरी गरेको भए पनि त्यसलाई सच्याएर अब भने नक्कली कुरा गर्नेहरूबाट सचेत हुनुपर्ने बताए।
‘अब पहिले जस्तो गरेर लहलहैमा लागेर जसले उक्साउँछ, जसले चोटिलो कुरा गर्छ, जसले कृत्रिम कुरा गर्छ, जसले नक्कली कुरा त्यसबाट सचेत हुनुपर्छ,’ उनले भने।
बालेनलाई ढाल बनाएर ओलीलाई रविको ‘चेकमेट’
भाद्र २३ गराएर २४ मा देश जलाउने आधार बनाउनेलाई दण्डित गर्नैपर्छ
जनताले प्रदेश सभामै अस्वीकार गरेका ललितजंगलाई पार्टीले पुर्यायो राष्ट्रिय सभा
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया