बिएल संवाददाता
राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहाय यादव विदेश भ्रमणमा जाने भएका छन्।
चुनावको मुखमा राष्ट्रपति र उपराष्ट्रपति विदेश भ्रमणको तयारीमा लागेका हुन्। सरकारले फागुन २१ गते प्रतिनिधिसभाको चुनाव गराउने तयारी गरिरहेको छ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार राष्ट्रपति पौडेल माघ १८ गते जापानको चार दिने औपचारिक भ्रमणका जाने तयारी छ। नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७० औं वर्षगाँठको अवसरमा जापान सरकारको निम्तोमा राष्ट्रपति पौडेल त्यसतर्फ जान लागेका हुन्। जापानमा पनि चुनावको तयारी भइरहेको छ।
राष्ट्रपति पौडेल स्वदेश फर्केकै दिन उपराष्ट्रपति यादव यूएई भ्रमणमा जाने तयारी छ। उनी यूएईमा हुने ‘वर्ल्ड गभर्मेन्ट समिट’ मा सहभागी हुन त्यता जान लागेको परराष्ट्र मन्त्रालय स्रोतले जनायो।
राष्ट्रपति तथा उपराष्ट्रपति एकैपटक देश बाहिर नरहने परम्परा अनुसार राष्ट्रपति फर्किएपछि उपराष्ट्रपति विदेश उड्नेछन्। उपराष्ट्रपतिको भ्रमण पहिले नै तय भइसकेको हुनाले राष्ट्रपतिको जापान भ्रमण छोटो बनाइएको परराष्ट्र मन्त्रालय स्रोतले बतायो।
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया