बिहिबार, २९ जनवरी २०२६

एमाले छोडेका अनेरास्ववियु नेतालाई राप्रपाले केन्द्रीय सदस्य बनाउने

News Image
• • •

एमालेको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) त्यागेका विश्वदर्शन पराजुली राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गरेका छन्।

अनेरास्ववियु गण्डकीको सहसंयोजक रहेका पराजुलीलाई राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले स्वागत गरे। उनलाई केन्द्रीय सदस्य बनाउने तयारी गरेको राप्रपा स्रोतले बतायो।

पराजुलीले भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनपछि एमाले परित्याग गरेका थिए।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!