बिएल संवाददाता
नेपाली कांग्रेसका सभापति गगन थापाले नयाँ दल खोज्नेहरूलाई भर्खरै विशेष अधिवेशनबाट बदलिएर कांग्रेस नै नयाँ दल भएको सन्देश दिन कार्यकर्तालाई निर्देशन दिएका छन्।
शनिबार काठमाडौं–४ को निर्वाचन परिचालन समितिको कार्यक्रममा सम्बोधन गर्दै सभापति थापाले मतदातासमक्ष कांग्रेस नै सबैभन्दा नयाँ दल भएको सन्देश दिन निर्देशन दिएका हुन्।
थापाले भने, ‘तपाईंहरू घरघर गएर भन्दैगर्दा यदि कसैले भन्छ-म यसपटक पुरानो पार्टीलाई भोट दिन्न, नयाँ पार्टीलाई भोट दिन्छु। एकछिन अडिएर जवाफ दिनुहोला। पुरानो र नयाँको परिभाषा के हो? पुरानो र नयाँबीचको भेद के हो? तपाईँहरू त्यहाँ अडिएर प्रश्न गर्नुहोला।’
अहिलेको कांग्रेसभन्दा नयाँ पार्टी कोही पनि नभएको उनले दाबी गरे। यदि नयाँ नै खोजेको भए कांग्रेस नै नयाँ भएको सन्देश दिन थापाले आग्रह गरे।
‘फागुन ६ गतेभन्दा अघि अधिवेशन गरेर आफू नेतृत्वमा आएको कांग्रेस नै नेपालको सबैभन्दा नयाँ पार्टी हो। यो कुरा मतदातासमक्ष लगेर भन्नुहोला,’ सभापति थापाले भने, ‘किनकि अनुहार नयाँ भएर हुँदैन। चुनाव जित्न रातारात पार्टी बनाएर आएको व्यक्ति नयाँ हुनसक्दैन।’
समथर मधेसबाट सिंहदरवारको अग्लो उडानमा गगन
अमेरिकामा नेपाली विद्यार्थी घटेर ३३,७३५ मा सिमीत
बालेनलाई ढाल बनाएर ओलीलाई रविको ‘चेकमेट’
भाद्र २३ गराएर २४ मा देश जलाउने आधार बनाउनेलाई दण्डित गर्नैपर्छ
जनताले प्रदेश सभामै अस्वीकार गरेका ललितजंगलाई पार्टीले पुर्यायो राष्ट्रिय सभा
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया