बिएल संवाददाता
नेपाली कांग्रेसका सभापति गगन थापाले काठमाडौं–४ छाडेर सर्लाही जानुपर्दा आफूले आँसु लुकाउन नसकेको बताएका छन्।
शनिबार काठमाडौं–४ कांग्रेसको निर्वाचन परिचालन मुल समिति गठन तथा घोषणा समारोहमा बोल्दै सभापति थापाले सर्लाही जाने निर्णय लिँदा निकै कठिनाइ भएको बताए।
‘निर्णय गर्दा साथीहरू रोइराख्नुभएको थियो म रोएको थिएँ। सिंगो देशको नेतृत्व गर्दा मधेशलाई अंगालो हाल्नुपर्छ। मधेशलाई काठमाडौंसँग जोड्न चाहन्छु। म फुटाउने होइन जोड्ने राजनीति गर्छु।’
उनले काठमाडौं–४ छोडेर गएको नभन्न आग्रह गर्दै आफूलाई दुःख लाग्ने बताए। उनले आफू काठमाडौंमै रहेको तर, मधेस बद्ल्ने नयाँ जिम्मेवारीका लागि सर्लाही–४ झरेको प्रतिक्रिया दिए।
उनले भने, ‘छोडेर गएको नभन्दिनुहोला, मलाई दुख्छ। म यहीँ (काठमाडौं) छु। मैले धेरै जीवन तपाईंहरूसँगै बिताएको छु। मधेसका मुद्धा बदल्न चाहन्छु।’
उनले ०७९ को निर्वाचनमा अलिअलि डर लागे पनि काठमाडौं–४ का मतदाताले डरबाट बाहिर निकालेको बताए।
त्यस्तै जनताले फोहोरी गठबन्धनको राजनीति नरुचाएको बताउँदै चुनाव लड्न मात्रै केन्द्रीत हुन नहुने जिकिर गरे।
उनले भने, ‘सरकारका टिक्नको लागि नाजायज सम्झौता नगरुन् भन्ने जनताको चाहना छ। नेताहरूको जीवनस्तर पारदर्शित बन्नुपर्छ। पार्टी भनेको इलेक्सन मेसिन होइन, हामीले गएको वर्षसम्म पार्टीलाई चुनावमा केन्द्रित गरायौँ। हामी चुनाव लड्न र जित्नको लागि मात्रै केन्द्रित भएका थियौं।’
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया