शनिबार, ३१ जनवरी २०२६

किन लुकाए मानार्थ डाक्टर के पी ओलीले शैक्षिक योग्यता ?

News Image
• • •

एमाले अध्यक्ष केपी ओलीले आफ्नो उम्मेद्वारीको व्यक्तिगत विवरणमामा शैक्षिक योग्यता नै खाली छोडेका छन् । भएकै विश्वविद्यालयबाट तीन र नभएको विश्वविद्यालयबाट एक गरी चारवटा मानार्थ विद्यावारिधि कमाइसकेका डा. ओलीले किन आफ्नो शैक्षिक योग्यता लुकाए ?, यो भने प्रश्नको घेरामै छ । 

ओलीका समकक्षीहरू उनको औपचारिक शिक्षा अन्डर एसएलसी बताउँछन् । यो दाबीमाथि ओलीले कुनै काउण्टर नदिएर मौन सहमति जनाएकाले यही नै उनको शैक्षिक योग्यता मानिन्छ ।

ओलीले कोस्टारिकाको सानहोजेस्थित युनिभर्सिटी फर पिस, दक्षिण कोरियाको काङनाम विश्वविद्यालय, भारत उत्तराखण्डको गोविन्द वल्लभ पन्त युनिभर्सिटी अफ एग्रिकल्चर एण्ड टेक्नोलोजी र अमेरिकाको ग्रिनफोल्ड इन्टनेशनल युनिभर्सिटीबाट मानार्थ विद्यावारिधि कमाएको बताइनछ । तीमध्ये अमेरिकी मानार्थ विद्यावारिधि दिने ग्रिनफोल्ड इन्टनेशनल युनिभर्सिटी नक्कली युनिभर्सिटी भएको प्रमाणित हुँदा उनको मानार्थ विद्यावारिधि नै विवादमा परेको थियो । यो मानार्थ विद्यावारिधिलाई नक्कली मान्दा पनि ओलीसँग अरू तीनवटा मानार्थ विद्यावारिधि छन् ।

कोस्टारिकाको सानहोजेस्थित युनिभर्सिटी फर पिसको मानार्थ विद्यावारिधि जम्मा गर्न ओली सरकारी पैसामै त्यहाँ पुगेका थिए । संयुक्त राष्ट्र संघको महासभामा सरकारी खर्चमा भाग लिन गएको उनी सानहोजे पुगेर मानार्थ विद्यावारिधि बुझेका थिए ।

सरकारी काममा अमेरिका गएको बेला अतिरिक्त सरकारी खर्च गराएर नामिवियासम्म जानु र त्यसको सोधभर्ना सरकारबाटै गराउनु आफैंमा भ्रष्टाचार हो । तर, आफू पनि भ्रष्टाचार नगर्ने र अरूलाई पनि भ्रष्टाचार गर्न दिन्न भन्ने ओलीका लागि यस्ता सबै कुरा झुटको पैचो खाइ पत्याउनु जस्ते हो ।

एसएलसी पास नगरे पनि अनेक मेसो पाएर कमाइ गरेका यस्ता मानार्थ विद्यावारिधि मानार्थ मात्रै हुन्छन्, तिनीहरूको कुनै औपचारिक मान्यता हुँदैन । तर, कतिपय मानिसहरू यस्तै मानार्थका आधारमा पनि नामको अगाडि डाक्टर झुण्याउँने गर्छन् ।

ओलीले आफ्नो नामको अगाडि डाक्टर नलेखे पनि कतिपय उनलाई केपी बा भन्नेहरूले भने डाक्टर के पी ओली भन्दै आएका छन् ।

सक्कली र नक्कली गरेर चारचारवटा मानार्थ विद्यावारिधि हासिल गरेका ओलीले आफ्नो उम्मेद्वारीको व्यक्तिगत विवरणमा भने शैक्षिक योग्यता नै खालि राखेका छन् ।

त्यसो त यो निर्वाचनमा शैक्षिक योग्यता खाली छोड्ने ओली एक्लो उम्मेद्वार हैनन् । प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फका कुल ३,४०६ उम्मेदवारमध्ये ८९७ उम्मेदवारले शैक्षिक विवरण खुलाएका छैनन् । तीमध्ये ६४५ उम्मेदवारले शैक्षिक योग्यता खाली छाडेका छन् भने २५२ ले स्पष्ट खुलाएका छैनन् ।

उम्मेद्वारहरूको शैक्षिक योग्यता

शैक्षिक योग्यता।     उम्मेद्वार संख्या 
खाली छोडिएको       ६४५  
स्पष्ट नभएको        २५२
साक्षर               ३६
एसएलसीभन्दा कम     २०५
एसएलसी वा सो सरह   ७०३
प्रवीणता प्रमाणपत्र तह   ६१८
स्नातक             ५६३  
स्नातकोत्तर           ३२४
एमफिल             ७
विद्यावारिधि         ५३

 

 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!