बिएल संवाददाता
नेकपा एमालेका अध्यक्ष केपी ओलीले बालेन साहलाई बतासे अण्डासँग तुलना गर्दै बतासे अण्डाबाट चल्ला ननिस्कने टिप्पणी गरेका छन्।
ओखलढुङ्गा एमालेको चुनावी भेलालाई सम्बोधन गर्दै उनले देश बनाउने पार्टी एमाले मात्रै भएको जिकिर गरे।
उनले भने, ‘हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन् सबै। त्यसको जिम्मा पनि लिएर उनीहरूले हामी हौँ भनिसके, अब भविष्यमा देश बनाउँदै जाने कि जलाउँदै जाने? अराजकता मच्चाउँदै जाने कि विधिको शासनको राज बनाउँदै जाने भन्नेमा लडाइँ चलिरहेको छ।’
उनले रास्वपाका वरिष्ठ नेता बालेन साहलाई लक्षित गर्दै सिंह नभएका ठुटेहरू झापामा आफूसँग सिंगौरी खेल्न आएको टिप्पणी गरे। उनले रास्वपासँग कुनै सङ्गठन, नीति कार्यक्रम, उद्देश्य केही नभएको बताए।
उनले भने, ‘मेरै ठाउँमा पनि केही ठुटे सिंङ लिएर पुगेका छन्। सिँगौरी खेल्दै, मैले केही भन्नै पर्दैन, अण्डा दुई प्रकारको हुन्छन् एउटा बतासे, एउटा साँच्चैको, बतासे अण्डाबाट चल्ला निस्कँदैन। ती बतासे अण्डाबाट कुनै चल्ला निस्कनेवाला छैन।’
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया