बिएल संवाददाता
नेकपा एमालेका अध्यक्ष केपी ओलीले बालेन साहलाई बतासे अण्डासँग तुलना गर्दै बतासे अण्डाबाट चल्ला ननिस्कने टिप्पणी गरेका छन्।
ओखलढुङ्गा एमालेको चुनावी भेलालाई सम्बोधन गर्दै उनले देश बनाउने पार्टी एमाले मात्रै भएको जिकिर गरे।
उनले भने, ‘हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन् सबै। त्यसको जिम्मा पनि लिएर उनीहरूले हामी हौँ भनिसके, अब भविष्यमा देश बनाउँदै जाने कि जलाउँदै जाने? अराजकता मच्चाउँदै जाने कि विधिको शासनको राज बनाउँदै जाने भन्नेमा लडाइँ चलिरहेको छ।’
उनले रास्वपाका वरिष्ठ नेता बालेन साहलाई लक्षित गर्दै सिंह नभएका ठुटेहरू झापामा आफूसँग सिंगौरी खेल्न आएको टिप्पणी गरे। उनले रास्वपासँग कुनै सङ्गठन, नीति कार्यक्रम, उद्देश्य केही नभएको बताए।
उनले भने, ‘मेरै ठाउँमा पनि केही ठुटे सिंङ लिएर पुगेका छन्। सिँगौरी खेल्दै, मैले केही भन्नै पर्दैन, अण्डा दुई प्रकारको हुन्छन् एउटा बतासे, एउटा साँच्चैको, बतासे अण्डाबाट चल्ला निस्कँदैन। ती बतासे अण्डाबाट कुनै चल्ला निस्कनेवाला छैन।’
किन लुकाए मानार्थ डाक्टर के पी ओलीले शैक्षिक योग्यता ?
समथर मधेसबाट सिंहदरवारको अग्लो उडानमा गगन
अमेरिकामा नेपाली विद्यार्थी घटेर ३३,७३५ मा सिमीत
बालेनलाई ढाल बनाएर ओलीलाई रविको ‘चेकमेट’
भाद्र २३ गराएर २४ मा देश जलाउने आधार बनाउनेलाई दण्डित गर्नैपर्छ
जनताले प्रदेश सभामै अस्वीकार गरेका ललितजंगलाई पार्टीले पुर्यायो राष्ट्रिय सभा
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया