बिएल संवाददाता
नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले सरकारले निर्वाचनमा कसैलाई जिताउने र कसैलाई हराउने खेल खेले निर्वाचन परिणाम स्वीकार नगर्ने चेतावनी दिएका छन्।
शनिबार ओखलढुंगा-काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान सरकारले चुनावको मुखमा प्रशासनिक हेरफेर गरेर धाँधलीको तयारी गरिरहेको आरोप लगाए।
उनले सरकार राष्ट्रिय स्वतन्त्र पार्टीलाई जिताउन लागिपरेकोतर्फ इंगित गर्दै सरकारको नियतमाथि प्रश्न उठाए। सरकारलाई कसैको पक्षधरता नदेखाउन ओलीले चेतावनी दिए।
‘यदि सरकार यसलाई जिताउने र उसलाई जिताउने भनेर लाग्छ भने, त्यस्तो निर्वाचन स्वीकार्य हुँदैन, त्यस्तो परिणाम स्वीकार्य हुँदैन,’ देशमा ठुलो अनिष्ट निम्त्याउने गरी निर्वाचनको नाटक नगर्न भन्दै ओलीले थपे, ‘सरकारको पक्षधरता कतैपट्टि हुने, कसैलाई जिताउने र कसैलाई हराउने खालका क्रियाकलाप भए भने त्यो भन्दा अनिष्ट केही हुँदैन।’
ओलीले निर्वाचनको मुखमा ठूलो संख्यामा कर्मचारी र प्रहरीको सरुवा गरिएको प्रति असन्तुष्टि पोखे।
ओलीले प्रश्न गरे, ‘भइरहेका अधिकारीहरू हटाएर, समय नपुग्दै हटाएर अरू कर्मचारी पठाउनुको अर्थ के हो? के को अनुकूलता मिलाउन खोजिएको हो?’
उनले सरकारलाई तटस्थ बस्न आग्रह गर्दै निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन गराउनुपर्नेमा जोड दिए।
उनले भने, ‘निर्वाचन गर्ने हो भने स्वतन्त्र निर्वाचन, धाँधलीरहित निर्वाचन, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउनुपर्छ।’
किन लुकाए मानार्थ डाक्टर के पी ओलीले शैक्षिक योग्यता ?
समथर मधेसबाट सिंहदरवारको अग्लो उडानमा गगन
अमेरिकामा नेपाली विद्यार्थी घटेर ३३,७३५ मा सिमीत
बालेनलाई ढाल बनाएर ओलीलाई रविको ‘चेकमेट’
भाद्र २३ गराएर २४ मा देश जलाउने आधार बनाउनेलाई दण्डित गर्नैपर्छ
जनताले प्रदेश सभामै अस्वीकार गरेका ललितजंगलाई पार्टीले पुर्यायो राष्ट्रिय सभा
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया