बिएल संवाददाता
बालेन साहको चुनावी अभियानका क्रममा केही दिनअघि बेहोस भएर आज निधन भएका पत्रकार दिनेश सिटौलाको शव पोस्टमार्टम गर्न प्रहरीले सुझाव दिएको छ।
परिवारले पोस्टमार्टम नगरी अन्त्येष्टि गर्ने तयारी गरेपछि प्रहरीले ग्राण्डी अस्पतालमै पुगेर पोस्टमार्टम गराउन आग्रह गरेको हो।
सुरुमा अस्पतालको आधिकारिक बयान दिइसकेको र ब्रेन ह्यामरेजका कारण सिटौलाको निधन भएको जानकारी गराइसकेकोले पोस्टमार्टम नगराइ अन्त्येष्टि गराउने तयारी गरेका थिए।
तर, डीएसपी नवराज पोखरेलको टोलीले पछि कानुनी प्रक्रियामा जानुपर्ने अवस्था आउनसक्ने भन्दै पोस्टमार्टम गराउन आग्रह गरेको छ। प्रहरीले आग्रहपछि परिवारहरू यतिबेला छलफलमा रहेको बुझिएको छ।
बालेनको चुनावी अभियानका क्रममा अछाममा अचानक बेहोस भएर ढलेका सिटौलालाई तत्काल सेनाको उद्धार टोलीले उद्धार गरी काठमाडौंको ग्राण्डी अस्पताल ल्याएको थियो।
सिटौलाको आज मध्याह्न १२ः४५ बजे निधन भएको अस्पतालले आधिकारिक जानकारी गराएको छ।
सिटौला रास्वपाका वरिष्ठ नेता बालेन्द्र साहको टोलीमा रहेर अछाम गएका पत्रकार सिटौला अचानक बेहोस भएर ढलेपछि काठमाडौं ल्याइएको थियो। भेन्टिलेटरमा राखेर उपचार गरिए पनि स्वास्थयमा सुधार आउन सकेन । आज उनलाई चिकित्सकले मृत घोषणा गरेका हुन्।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया