बिएल संवाददाता
बालेन साहको चुनावी अभियानका क्रममा केही दिनअघि बेहोस भएर आज निधन भएका पत्रकार दिनेश सिटौलाको शव पोस्टमार्टम गर्न प्रहरीले सुझाव दिएको छ।
परिवारले पोस्टमार्टम नगरी अन्त्येष्टि गर्ने तयारी गरेपछि प्रहरीले ग्राण्डी अस्पतालमै पुगेर पोस्टमार्टम गराउन आग्रह गरेको हो।
सुरुमा अस्पतालको आधिकारिक बयान दिइसकेको र ब्रेन ह्यामरेजका कारण सिटौलाको निधन भएको जानकारी गराइसकेकोले पोस्टमार्टम नगराइ अन्त्येष्टि गराउने तयारी गरेका थिए।
तर, डीएसपी नवराज पोखरेलको टोलीले पछि कानुनी प्रक्रियामा जानुपर्ने अवस्था आउनसक्ने भन्दै पोस्टमार्टम गराउन आग्रह गरेको छ। प्रहरीले आग्रहपछि परिवारहरू यतिबेला छलफलमा रहेको बुझिएको छ।
बालेनको चुनावी अभियानका क्रममा अछाममा अचानक बेहोस भएर ढलेका सिटौलालाई तत्काल सेनाको उद्धार टोलीले उद्धार गरी काठमाडौंको ग्राण्डी अस्पताल ल्याएको थियो।
सिटौलाको आज मध्याह्न १२ः४५ बजे निधन भएको अस्पतालले आधिकारिक जानकारी गराएको छ।
सिटौला रास्वपाका वरिष्ठ नेता बालेन्द्र साहको टोलीमा रहेर अछाम गएका पत्रकार सिटौला अचानक बेहोस भएर ढलेपछि काठमाडौं ल्याइएको थियो। भेन्टिलेटरमा राखेर उपचार गरिए पनि स्वास्थयमा सुधार आउन सकेन । आज उनलाई चिकित्सकले मृत घोषणा गरेका हुन्।
किन लुकाए मानार्थ डाक्टर के पी ओलीले शैक्षिक योग्यता ?
समथर मधेसबाट सिंहदरवारको अग्लो उडानमा गगन
अमेरिकामा नेपाली विद्यार्थी घटेर ३३,७३५ मा सिमीत
बालेनलाई ढाल बनाएर ओलीलाई रविको ‘चेकमेट’
भाद्र २३ गराएर २४ मा देश जलाउने आधार बनाउनेलाई दण्डित गर्नैपर्छ
जनताले प्रदेश सभामै अस्वीकार गरेका ललितजंगलाई पार्टीले पुर्यायो राष्ट्रिय सभा
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया