बिएल संवाददाता
निर्वाचन आयोगले हालको व्यवस्था खारेज गर्दै राजनीतिक दल विभाजन सम्बन्धी नियमावली, २०८२ जारी गरेको छ।
राजपत्रमा प्रकाशित नयाँ नियमावलीले यसअघि राजनीतिक दल सम्बन्धी नियमावली ०७४ मा रहेको केन्द्रीय समितिको २० प्रतिशत वा संसदीय दलको २० प्रतिशत सदस्य भएमा पनि दल विभाजन गर्न मिल्ने व्यवस्थालाई खारेज गरेको हो।
चालु नियमावली खारेज भएसँगै त्यसअघिको पार्टी फुटाएर नयाँ दल गठनका लागि केन्द्रीय समिति र संसदीय दल दुवैतर्फ ४० प्रतिशत अनिवार्य चाहिने पुरानै व्यवस्था फेरि लागु भएको छ।
यो नियमावली राजपत्रमा सूचना प्रकाशित भएसँगै लागू भएको छ।
प्रकाशित नियमावलीको नियम ५ मा गरिएको संशोधनले यसअघि महाधिवेशनबाट निर्वाचित भन्ने पदावली हटाएर समग्र केन्द्रीय समितिको संख्यालाई आधार मानिएको छ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया