बिएल संवाददाता
प्रधानमन्त्री सुशीला कार्कीले सरकारमा भएका मन्त्रीहरू रास्वपाको भनेर गलत प्रचार गरिएको भन्दै असन्तुष्टि जनाइन्।
सोमबार पहिलोपटक संघीय संसदको राष्ट्रिय सभा बैठकलाई सम्बोधन गर्दै कार्कीले यस्तो बताएकी हुन्।
उनले राजनीति गर्ने व्यक्तिको अधिकार रहेको बताउँदै जेनजीको आग्रहमा सरकारमा आएका र उनीहरूकै आग्रहमा बाहिरिएका भन्दै गलत मनसायले प्रश्न उठाइरहन नपर्ने बताइन्।
उनले आफूले नै बसुन्जेल काम गर्नु भन्दै आग्रह गरेर सरकारमा ल्याएको भन्दै बाहिरिने बेला सम्मानका साथ बिदाइ गरिएको बताइन्। सरकारमा आएका मन्त्रीहरूले मन्त्रालयमा दुई कप चियाभन्दा अरु नखाएको उनको भनाइ थियो।
‘दुई जना त रास्वपा जानुभएको हो नि। कुलनमानको आफ्नै पार्टी हो त्यो। महावीर पुन स्वतन्त्र लड्नुभएको छ। त्यस्तो होइन।’
त्यस्तै उनले राजनीतिमा इच्छा नभएकाहरू सरकारमै बसेर काम गरिरहेको बताइन्।
‘हिजोसम्म दिने ठाउँमा थिए, आज माग्ने ठाउँमा’
पुरानै रबैयामा फर्किए ओली, एक–एकलाई कारबाहीको डन्डा चलाउने चेतावनी
‘कसैले जित्ने वा हार्ने होइन, न्याय मार्ने काम भइरहेको हेक्का होस्’
यसरी त कसरी चल्ला र देश ?
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया