बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको राहदानी दुरुपयोग सम्बन्धी मुद्धामा हेर्न नभ्याइने सूचीमा परेको छ।
सोमबार न्यायाधीशद्धय सपना प्रधान मल्ल र नृपध्वज निरौलाको संयुक्त इजलासको १२ नम्बरमा पेसी तोकिएको थियो। समय अभावका कारण मुद्धाको सुनुवाइ स्थगित भएको हो।
आफूलाई मुद्धालाल दाबी गर्दे सिन्धुलीका युवराज पौडेल (सफल)ले लामिछानेविरुद्ध राहदानी कसुरमा मुद्दा चलाउनुपर्ने माग गर्दै दुई वर्षअघि दायर गरेका थिए।
तत्कालिन समयमा महान्यायाधिवक्ता कार्यालयले लामिछानेविरुद्ध मुद्दा नचलाउने निर्णय गरेपछि त्यसकोविरुद्ध युवराज सफलले रिट दायर गरेका थिए।
तत्कालीन महान्यायाधिवक्ता दिनमणि पोखरेलले ०७९ चैत ६ गते लामिछानेविरुद्ध राहदानी विवादमा मुद्दा नचल्ने निर्णय गरेका थिए।
यो मुद्धामा सर्वोच्चले तीन पटक फाइल मगाउने आदेश गरिसकेको छ। ०७९ चैत २२ गते कारण देखाऊ आदेश जारी गरेको सर्वोच्चले ०८० जेठ ९ गते फाइल मगाउने आदेश गरेको थियो।
महान्यायाधिवक्ता कार्यालयले रवि लामिछानेविरुद्ध मुद्धा नचलाउने निर्णय गर्नुको कारण माग गरेको र उक्त निर्णय प्राप्त भएपछि दोहोरो सुनुवाइ सुरु हुन लागेको हो।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया