बिएल संवाददाता
भारतीय कट्टर हिन्दुवादी संगठन राष्ट्रिय स्वयंसेवक संघका प्रतिनिधि तथा हिन्दु स्वयंसेवक संघ नेपालका राष्ट्रिय सहप्रचारक रेवित कुमारले बालेनका दाहिने हात कुमार व्यञ्जनकारसँग भेट गरेका छन्।
पछिल्लो समय नेपालको राजनीतिमा बालेन साहको उदय र प्रभाव बढ्दै गएको रिपोर्टिङपछि आरएसएसले नेपाल प्रतिनिधिलाई बालेनसँग सम्बन्ध विस्तारका लागि खटाएको हो।
पाटनको एक रेस्टुरेन्टमा बालेनका सल्लाहकार र आरएसएस प्रतिनिधिबीच भेटवार्ता भएको हो। सुरुमा बालेन आफैं जाने भने पनि मिडियामा सूचना चुहिएपछि आफ्ना प्रतिनिधिलाई पठाएको उनीनिकट स्रोतले बतायो।
स्रोतका अनुसार बालेन साहको आरएसएस प्रतिनिधिहरूसँग राम्रो सम्बन्ध छ। आफ्नो हिन्दुवादी छवि पुष्टि गर्न चुनावी प्रचारका क्रममा पनि बालेन साह पूर्वदेखि पश्चिमसम्मका मठमन्दिर धाइरहेका छन्।
बालेन साहलाई रास्वपाले प्रधानमन्त्रीका उम्मेदवारका रुपमा अघि सारेको छ। यता भारतविरोधी छवि मानिएका एमाले अध्यक्ष केपी ओलीकै क्षेत्रबाट उठेपछि उनको चर्चा नेपालमा मात्र नभएर भारतमा समेत चुलिएको छ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया