बिएल संवाददाता
झापा–५ का प्रतिनिधि सभा उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन साहको पक्षमा मत माग्न सादा पोशाकका प्रहरी खटिएको उजुरी उपर अनुसन्धान गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ।
निर्वाचन आचारसंहिता अनुगमन अधिकृतलाई पत्र लेख्दै आयोगले श्रीमानको पक्षमा मत माग्दै बालेनपत्नी सविना काफ्लेले केही दिनअघि झापा–५ का मतदाताको घरदैलो गर्ने क्रममा सादा पोशाकका प्रहरीसमेत खटिएको र उनीहरूले पनि मत मागेको उजुरीबारे अनुसन्धान गर्न भनेको हो।
बालेनपत्नीसँगै सादा पोशाकका प्रहरीले समेत मत मागेको दाबी गर्दै श्रव्यदृष्य सामग्रीसहित आयोगमा उजुरी परेको थियो।
यसपछि आयोगले निर्वाचन आचारसंहिता अनुगमन अधिकृतलाई पत्र लेखेर बालेनको श्रीमती सविनासँग सादा पोशाकका प्रहरी खटिए–नखटिएकोबारे सत्यतथ्य जाँचबुझ गरी प्रतिवेदन तयार गर्न निर्देशन दिएको छ।
‘उल्लेखित सन्दर्भमा यहाँ अनुगमन अधिकृत रहेको जिल्लामा झापा जिल्ला प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. ५ का उम्मेदवार श्री बालेन्द्र शाह (बालेन)को निर्वाचन प्रचारप्रसारको क्रममा निजको श्रीमतीसँग सादा पोशाकका प्रहरी खटिएको सम्बन्धमा के कसो भएको हो? आवश्यक अनुसन्धान गरी प्रतिवेदन गर्नुहुन निर्णयानुसार अनुरोध छ,’ निर्वाचन आयोगले पठाएको पत्रमा उल्लेख छ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया