बिएल संवाददाता
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट टर्कीको इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सको जहाजको दायाँ इन्जिनमा आगलागी भएपछि कोलकाता डाइभर्ट भएको छ।
टर्किसको उडान नम्बर ‘टीएचवाई ७२७’ को जहाज त्रिभुवन विमानस्थलबाट बुधबार दिउँसो १:२८ बजे उडेको ४ मिनेटमै दायाँ इन्जिनमा आगलागी भएको जहाजका क्याप्टेनले जानकारी गराएका थिए।
लगत्तै टर्किस चालकदलले जहाजलाई पश्चिम दिशामा लगेर दायाँ इन्जिन बन्द गरेर १० देखि १२ मिनेट होल्ड गरेका विमानस्थलका महाप्रबन्धक टेकनाथ सिटौलाले जानकारी दिए।
जहाजको इन्जिनमा आगलागी भएको खबर आउनासाथ त्रिभुवन विमानस्थल १५ मिनेटका लागि पूर्णरूपमा बन्द गरिएको थियो। र आपतकालीन उद्धारको सम्पूर्ण तयारी गरिएको थियो।
केहीबेर होल्ड गरेपछि चालकदलले भारतको कोलकाता डाइभर्ट गर्ने अनुमति मागेपछि अनुमति दिइएको महाप्रबन्धक सिटौलाले बताए। सो जहान अहिले कोलकतामा सुरक्षित अवतरण गरिसकेको छ।
टर्किस एयरको ‘ए३३०-३०३’ सिरिजको उक्त वाइड बडी जहाज २ सय २५ यात्रु बोकेर इस्तानबुल जाँदै थियो।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया