बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेद्वारी छनोटका लागि प्रयोग हुने अन्तरापार्टी प्राइमरी चुनावको हुर्मत लिएको भनेर चौतर्फी आलोचना सुरू भएको छ । प्राइमरी चुनावको परिणाम सार्वजनिक नगरेर अपारदर्शी भएको मात्र हैन, चुनावमा सहभागी नै नभएकालाई समेत उम्मेद्वार बनाएको आरोप लागेको छ ।
यस्तो आरोप लगाउनेहरू रास्वपावृत बाहिरभन्दा पनि रास्वपावृत भित्र देखिएका छन् । त्यसको सबैभन्दा पछिल्लो पंक्तिमा उभिएका रास्वपा नेता प्रणयशमशेर जबरा । राणा, २०७९ को चुनावमा काठमाडौं क्षेत्र नम्बर ५ को उम्मेदवार रहेका थिए ।
उनले सामाजिक सञ्जाल फेसबुकमा एक भिडिओ पोस्ट गर्दै सोधेका छन्, ‘म लगायत सबै उम्मेदवारका आकांक्षीहरूले प्राइमरी चुनावमा भाग लिनका लागि २५ हजार दिएका थियौँ । केही समयमै अब यो विधि छैन भनियो, भनेपछि हामीले पैसा के का लागि तिर्यौं।’
समानुपातिकको सूचीमा पारदर्शिता नभएको बताउँदै उनले भनेका छन्, 'अन्तिम सूचीमा धेरै तल माथि भयो। प्रत्यक्षतर्फ विधि नै लत्याइयो। त्यो सबै उम्मेदवारका आकांक्षीको २५ हजार फिर्ता दिनुपर्छ, नत्र त त्यो ठगी हुन्छ।’
'प्राइमरी रास्वपाको मिडियाबाजी गर्ने अस्त्र भएको बताउँदै राणाले भनेका छन्, 'प्राइमरी चुनाव हामीले संगठनमा अनुभूती गर्न पाएनौँ। सच्याउन हरप्रयास गर्दा पनि सकेनौँ।’
राणाले आफूले पनि काठमाडौं ५ को प्राइमरी चुनावमा सहभागी हुन २५ हजार बुझाएको बताउँदै त्यो रकम समेत फिर्ता मागेका छन् । उनले पैसा फिर्ता नगरेर त्यो ठगी हुने पनि बताएका छन् ।
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया