बिएल संवाददाता
प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गतेको चुनाव सार्नुपर्ने कुनै कारण नै नभएको दाबी गरेकी छन्।
सञ्चारकर्मीसँगको कुराकानीमा प्रधानमन्त्री कार्कीले तोकिएकै समयमा निर्वाचन हुने बताइन्।
भनिन्, ‘सरकारले जसरी पनि गराउँछ निर्वाचन। कुनै कारणले रोकियो भने फेरि गराउँछ।’
प्रधानमन्त्री कार्कीले सरकारलाई चुनाव सार्ने विषयमा कसैले केही नभनेको बताइन्।
उनले भनिन्, ‘चुनाव सर्दैन। चुनाव सार्ने विषयमा कसैले पनि सरकारसँग कुरा गरेको छैन। चुनाव सार्नुपर्ने आवश्यकता पनि छैन। तोकिएकै समयमा चुनाव गराउनुपर्छ।’
समस्या भएका ठाउँमा सहजीकरण गरेरै भए पनि चुनाव गराउने बताउँदै उनले कुनै ठाउँमा कारणबस स्थगित गर्नुपरे लगत्तै निर्वाचन गराउने बताइन।
उनले भनिन्, ‘थोरै ठाउँ विवादास्पद अवस्था भएको खण्डमा साधनको प्रयोग गरेर पनि सहजीकरण हुन्छ। तर जे भए पनि निर्वाचन हुन्छ। यो इमर्जेन्सी हो। भदौ २३ को घटना २४ को घटना होला भन्ने कसलाई थाहा थियो र? यो परिस्थितिले निर्वाचन अनिवार्य गराउनुपर्ने अवस्था आएको हो। जसरी पनि निर्वाचन हुन्छ।’
प्रधानमन्त्री कार्कीले अबको निकास नै निर्वाचन भएको बताएकी छन्।
उनले भनिन्, ‘अबको निकास भनेको पनि यही हो। जनताले मत दिने हो। नयाँ प्रतिनिधि आउने हो। उनीहरूले नै देश चलाउने हो।’
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया