बिएल संवाददाता
प्रधानमन्त्री सुशीला कार्की भेट्न एमाले अध्यक्ष केपी ओली बालुवाटार पुगेका छन्।
बिहीबार बिहानै बालुवाटर पुगेका ओली र प्रधानमन्त्री कार्कीबीच करिब २ घण्टा वार्ता भएको बालुवाटार स्रोतले बतायो।
ओलीनिकट स्रोतका अनुसार ९ बजे बालुवाटार पुगेका ओली ११ बजे फर्किएका थिए। भेटमा आगामी निर्वाचन र समसामयिक राजनीतिक विषयमा कुराकानी भएको बताइएको छ।
ओलीले निर्वाचन एकै चरणमा हुनुपर्ने प्रस्ताव गर्दै र शान्तिपूर्ण, धाँधलीरहित र निष्पक्ष हुनुपर्ने सुझाव दिएका थिए।
प्रधानमन्त्री कार्की ओलीको प्रस्तावप्रति सकारात्मक रहेको र हिमाली क्षेत्रका मतदातालाई मतदानस्थलसम्म पुर्याउन सकिने सम्भावनाबारे छलफल भइरहेको बालुवाटार स्रोतको भनाइ छ।
ओलीको प्रस्तावलाई समर्थन गर्दै प्रधानमन्त्रीले ‘त्यसबारेमा सोचौंला, हाम्रो प्रयास पनि त्यही नै छ’ भन्ने जवाफ दिएको स्रोतले बतायो।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया