शुक्रबार, ०६ फेब्रुअरी २०२६

गगन थापाको नाममा ‘मटन डट वर्ल्ड’ डोमेन सञ्चालनमा

News Image
• • •

नेपाली कांग्रेसका सभापति गगन थापाको नाममा ‘मटन डट वर्ल्ड’ डोमेन सञ्चालनमा ल्याइएको छ। झट्योट सुन्दा यो डोमेन उनका विरोधीहरूले सञ्चालनमा ल्याएजस्तो लागे पनि त्यस्तो हैन, यो उनकमा समर्थकहरूले चुनावी प्रचारका लागि अपनाएको व्यंग्यात्मक उपाय हो ।

गत जनवरी १६ मा दर्ता गरिएको डोमेनमा गगन थापाको बारेमा विवरण र उनका भिजनहरू राखिएका छन्। त्यस्तै ‘ह्वाइ गगन थापा इज द गोट (G.O.A.T)’ भन्दै उनलाई  ग्रेटेस्ट अफ अल टाइमको रुपमा चित्रित गरिएको छ।

पछिल्लो समय गगनमाथि सबैभन्दा बढी लाग्ने आरोप हो ‘बाख्रा खाएको’। बाख्रा पालनको लागि अनुदान लिएर पैसा खाएको भन्दै सुरु भएको अफवाहले उनलाई अहिले पनि सताइरहेको छ।

अझ उनलाई मटनकाजी उपनामले समेत विपक्षीहरूले व्यंग्य गर्ने गरेका छन्। जुन विषयमा गगनले पटकपटक सार्वजनिक स्पष्टिकरण दिइसकेका छन्।

तर पनि बाख्रा उपनामले उनीमाथि हुने आक्रमण रोकिएको छैन ।  

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!