बिएल संवाददाता
विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई निर्वाचन आयोगको पत्रको आधारमा नेपाल प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको खुलेको छ।
आयोगले शुक्रबार ब्यूरोलाई प्रसाईंले निर्वाचन कसुर सजाय ऐन २०७३ र निर्वाचन आचारसंहिता २०८२ को प्रतिकूलका हुनेगरी काम कारबाही गरेकोले भन्ने जानकारी आएको भन्दै के कसो भएको हो निगरानी गर्नु भन्दै पत्र पठाएको थियो।
सोही पत्रका आधारमा ‘राष्ट्र, राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’ का संयोजकसमेत रहेका प्रसाईंलाई ब्यूरोको टोलीले काठमाडौंको दक्षिणकाली नगरपालिकाको चाल्नाखेलबाट पक्राउ गरेको हो।
प्रसाईं समूहले शनिबार पर्सामा निर्वाचन आचारसंहिता विपरित सभाको आयोजना गरेको जानकारी आयोगमा आएपछि आयोगले ब्यूरोलाई पत्र पठाएको थियो।
आयोगको पत्र आएपछि ब्यूरोले प्रसाईंमाथि निगरानी सुरु गर्यो। र पर्साको कार्यक्रममा सहभागी हुन जाँदैगर्दा उनी चाल्नाखेलबाट पक्राउ परे। ब्यूरो स्रोतका अनुसार शनिबारको कार्यक्रममा प्रसाईंलाई रोकेर आइतबार साधारण तारेखमा छोड्ने रणनीति अनुसार पक्राउ गरिएको हो।
यसअघि निर्वाचन आयोगले मोटो रकम बुझेर नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचन सभापति गगन थापा पक्षलाई आधिकारिकता दिएको दाबी गरेका प्रसाईं माघ ५ गते पोखराबाट पक्राउ परेका थिए।
उनी माघ ६ गते हाजिरी जमानीमा छुटेका थिए।
प्रसाईं राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक समेत हुन्।
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया