बिएल संवाददाता
एमालेका अध्यक्ष केपी ओलीले जेन-जी आन्दोलनका क्रममा कांग्रेसका तत्कालीन सभापति एवं परम् मित्र शेरबहादुर देउवालगायत नेताहरूको घरमा जलेको भनिएको पैसाको भिडियो ‘एआई’ले बनाएको दाबी गरेका छन्।
शनिबार झापामा घरदैलो कार्यक्रमका क्रममा मतदाताले सोधेको प्रश्नको जवाफ दिँदै ओलीले उक्त भिडियो र फोटोहरू नक्कली भएको दाबी गरेका हुन्।
कमल गाउँपालिका-१ का स्थानीय मोहनबाबु शेर्माले ओलीलाई प्रधानमन्त्री हुँदा भ्रष्टाचार नियन्त्रणमा शून्य सहनशीलताको कुरा गरे पनि भदाै २३ र २४ गतेको आन्दोलनमा नेताका घरबाट डलर र पैसाका बिटा जलेको घटनामा किन मौन बसेको? भन्दै खरो प्रश्न गरेका थिए।
जवाफमा ओलीले दाबीसहित भने, ‘त्यो भिडियो र फोटोहरू एआई प्रविधि प्रयोग गरेर बनाइएका हुन्। विदेशतिर एआईको प्रयोग गरेर यस्ता नक्कली कुराहरू बनाइन्छन्। त्यो नेपाली फोटो नै होइन, दुष्प्रचार गर्न बनाइएको हो।’
मतदाताले प्रतिप्रश्न गरे ‘तपाईंकै पालामा नेताहरूको घरबाट पैसाको बिटा जलेको देखियो नि?’
ओलीले सामाजिक सञ्जालमा आएका कुरालाई सत्य मान्न नहुने तर्क गर्दै आफूले सबै नेताको इमान्दारिताको ग्यारेन्टी लिन नसक्ने जिकिर गरे।
‘मैले सबैको इमान्दारिताको ठेक्का लिन सक्दिनँ। कसले कोठाभित्र के गर्छ, कहाँ के लुकाउँछ, त्यो मलाई थाहा हुँदैन,’ ओलीले भने, ‘मैले थाहा पाएका बेला कारबाही गर्ने हो। कसैले ठेक्का लिएर भ्रष्टाचार गरेको छ भने त्यो मलाई जानकारी हुँदैन।’
‘त्यतिबेला पत्रकारहरूले जलेको ट्याङ्की र पैसा प्रत्यक्ष प्रसारण मै देखाएका थिए, त्यो पनि एआई हुन्छ र?’ भन्दै ती मतदाताले कडा प्रश्न गरेपछि ओलीले आफ्नो अभिव्यक्तिको बचाउ गर्दै भने, ‘अहिलेको जमानामा देखिने सबै कुरा सत्य हुँदैनन्। तर, यदि कसैले भ्रष्टाचार गरेको प्रमाणित भयो भने हामी छानबिन गरेर कारबाही गर्छौं।’
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया