बिएल संवाददाता
‘विभिन्न फिरंगीहरु आउन सक्छन्। त्यस्तालाई चिन्नुहोस।’
एमालेको झापा-काठमाडौँ सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यसै भने ।
काठमाडौंमा रहेका झापाली एमाले कार्यकर्ताहरू भेला पारेरर झापा ५ कै उम्मेद्वार ओलीले नाम नतोकेर फिरङ्गी भने पनि त्यो कसलाई भन्न खोजेका हुन् ?, जो कोहीले पनि सजिलै अनुमान लगाउन सक्छ ।
ओलीले फिरङ्गी भनेका अरू कोही नभएर उनैलाई झापा ५ मा चुनौति दिइरहेका रास्वपा उम्मेद्वार वालेन शाह नै हुन् ।
अब प्रश्न उठ्छ, के बालेन शाह फिरङ्गी नै हुन् त ?
यो प्रश्नको उत्तर खोज्न अघि फिरङ्गी भनेको के हो ? यो शव्दको उत्पति कसरी भयो ? त्यसको बारेमा थाहा हुनुपर्छ ।
फिरङ्गी शब्दको उत्पत्ति संस्कृत शब्द 'फारङ्ग' बाट भएको मानिन्छ, जसले विदेशीलाई जनाउँछ । यो शब्द विशेषगरी मध्ययुगमा भारतमा आएका यूरोपियन, विशेष गरेर पोर्चुगाली र अंग्रेजलाई जनाउन प्रयोग गरिएको थियो।
युरोपियन उपनिवेशीकरणको क्रममा, यो शब्द मुख्यतः उपहासात्मक रूपमा प्रयोग गर्न थालियो। आजको समयमा, 'फिरङ्गी' शब्द नेपालीमा विदेशीलाई जनाउन प्रयोग गरिन्छ, र कहिलेकाहीं यसले विशेष गरेर पश्चिमी संस्कृतिहरूप्रति व्यंग्य पनि गर्न सक्छ।
फिरङ्गी शब्दको बहुआयामिक महत्त्व छ, जसले सांस्कृतिक, सामाजिक, र ऐतिहासिक सन्दर्भमा विभिन्न पक्षको उजागर गर्छ।
मधेसी मूलका नेपालीप्रति सुरूदेखि नै असहिष्णु रहदै आएका ओलीले बालेनलाई झापामा डेरा खोजिदिन सघाउने भन्दै उनी बाहिरिया हुन् भन्ने भाष्य बनाउन खोजेका थिए । नाम नलिई बालेनलाई फिरंगी भनेर त्यही सोचलाई चरम रूपमा प्रयोग गरेको हुन सक्छ ।
तर, फिरङगी शव्दको गहिरो अर्थ छ । ओलीले सोचेजस्तो सामान्य बाहिरिया भन्नलाई यो शव्दको प्रयोग हुँदैन । यो शव्द आफैंमा उपनिवेशीकरणको साक्षी हो र यसले कम्तिमा पनि बाहिरी देश वा संस्कृतिको मान्छे जो हैकम मच्चाउन चाहन्छ भन्ने अर्थ राख्छ ।
अब फेरि त्यही प्रश्न दोहोर्याउ, के साँच्चै बालेन ओलीले भनेजस्तै फिरङगी नै हुन् त ?
नेपाल र नेपालीले उनलाई त्यो रूपमा बुझ्दैनन् र उनी हैनन् पनि । यदि त्यसो हुँदो हो भने स्वतन्त्र उम्मेद्वारी दिएका बालेनले देशको राजधानी शहरको मेयरमा जित्ने नै थिएनन् । खासगरी नेवारी सभ्यता र संस्कृतिको इपिसेन्टर काठमाडौंमा बालेनको स्वीकार्यता एक फिरङगीभन्दा पनि रैथानेको भएर नै काठमाडौंबासीले बालेनलाई आफ्नो विश्वासको मत दिएका हुन् । मूलले मधेसी वैश्य भए पनि उनी काठमाडौैंमै जन्मिएका हुन् ।
ओलीको बोली नै खराब छ । उनी बोलीमा लगाम लगाउनै नसक्ने एक किसिमका मनरोगी भन्नेहरू धेरै छन् । उनी अरूलाई होच्याएर आफू अग्लो हुने ठान्छन् । अझ झापा ५ को त राजा नै हुँ भन्ने छ उनलाई। त्यही गएर बालेनले चुनावी चुनौति खडा गरिदिएपछि उनी बर्बराउन सुरू गरेका छन् । ओलीले बालेनलाई बतासे अण्डा र सिङ नभएको गोरूसम्म भन्न भ्याएको पनि त्यसैको प्रमाण हो ।
सामान्यत: पटक पटक बोली चलाउने भन्दा बेला बेला सामाजिक सञ्जालमा बम पड्काउने बालेनले आफूलाई फिरङगी, बतासे अण्डा र सिङ नभएको गोरू भन्ने ओलीलाई कुन तहको बम पड्काएर जवाफ दिने हुन्, त्यो त हेर्न बाँकि नै छ ।
झापा ५ मा जीत निकाल्न ओलीका लागि दिनानुदिन कठिन हुँदैछ । यही पाराले एकपछि अर्को विवादास्पद बोली बोल्दै जाने हो भने उनलाई बालेनले हराउनै पर्दैन, आफैँले आफैंलाई हराउँछन् । ओली यतिबेला आफ्नै खुट्टामा आफैं बञ्चरो हानिरहेका छन् ।
ओलीका एक हाडखोर मतदाता चिन्ता व्यक्त गर्दै भन्छन्, ओलीले बोलीमा लगाम नलगाउने हो भने उनको हार सुनिश्चित छ । हामीफे त राम भन्ने हो, आफैं हराम भएपछि कसको के लाग्छ र ?
के बालेन ओलीले भनेजस्तै 'फिरङ्गी' नै हुन् त ?
अडानदेखि अवसानसम्मः परिवर्तनको कठघरामा पुराना दलहरू
नेपालसँग अमेरिका बेखुशी, खुशी पार्न दुई सूचना जारी
नयाँ युगको नागरिक चेतना र सही नेतृत्व छनोट
रोल्पाबाट पटक–पटक प्रतिनिधित्व, तर विकास किन उस्तै?
मिडिया ट्रायल बन्दै 'फागुन २१': तथ्यको हैन, भाष्यको परीक्षण
म भिखारी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया