शनिबार, १४ फेब्रुअरी २०२६

विश्वकै सबैभन्दा ठूलो अमेरिकी युद्धपोत मध्यपूर्वमा तैनाथ गर्न ट्रम्पको आदेश

बिएल संवाददाता

बिएल संवाददाता

वासिङ्टन डिसी
News Image
• • •

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संसारकै सबैभन्दा ठूलो युद्धपोत ‘यूएसएस जेराल्ड आर फोर्ड’ लाई मध्यपूर्व क्षेत्रमा तैनाथ गर्न आदेश दिएका छन्।

संसारकै सबैभन्दा ठूलो भनिएको उक्त युद्धपोतलाई मध्यपूर्व क्षेत्रमा तैनाथ गर्न आदेश दिएको उनले शुक्रबार पुष्टि गरेका छन् ।

बीबीसीका अनुसार ट्रम्पले शुक्रबार संसारकै सबैभन्दा ठूलो भनिएको उक्त युद्धपोतलाई मध्यपूर्व क्षेत्रमा तैनाथ गर्न आदेश दिएको पुष्टि गरेका छन्।

‘विमानवाहक पोत चाँडै मध्यपूर्वका लागि रवाना हुनेछ। यदि, इरानले सम्झौता गरेन भने यूएसएस जेराल्ड आर फोर्डको आवश्यकता पर्नेछ,’ ट्रम्पको भनाइ उद्धृत गर्दै बीबीसीले लेखेको छ।

संसारकै सबैभन्दा ठूलो विमानवाहक पोतलाई क्यारेबियन सागरबाट मध्यपूर्वतर्फ जान आदेश दिइएको एसोसिएट प्रेसले उल्लेख गरेको छ। ट्रम्पले इरानमा सत्ता परिवर्तन सबैभन्दा राम्रो कुरा रहेको र हुन पनि सक्ने बताएका छन्।

एक पत्रकारले सोधेको प्रश्नको उत्तर दिँदै ट्रम्पले भने, ‘सत्ता परिवर्तन सबैभन्दा राम्रो कुरा हुने छ, जो हुन सक्छ।’

बीबीसी अनुसार ‘परमाणु रियाक्टर’ भएको ‘जेराल्ड आर फोर्ड’ले एफए–१८ सुपर हर्नेट लडाकू विमान र ए–२ हकआई विमानसहित ७५ भन्दा बढी लडाकू विमानहरू लैजान सक्छ।

अमेरिकी नौसेनाको सबैभन्दा आधुनिक विमानवाहक युद्धपोत यूएसएस जेराल्ड आर फोर्ड अब ट्रम्पको आदेशपछि मध्यपूर्वमा तैनाथ गरिएको अब्राहम लिंकन विमानवाहक युद्धपोत र उसको टास्क फोर्ससँग मिल्ने छ।

अब्राहम लिंकन विमानवाहक पोत गत महिनाको अन्त्यतिर मध्यपूर्वमा पुगिसकेको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!