बिएल संवाददाता
एमाले अध्यक्ष एवं झापा–५ का प्रतिनिधि सभा उम्मेदवार केपी ओलीले अझै पनि चुनावका लागि ढुक्कको वातावरण बनी नसकेको टिप्पणी गरेका छन्।
चुनावी अभियानका क्रममा ओली यतिबेला झापा–काठमाडौं ओहोरदोहोर गरिरहेका छन्। चुनावी क्षेत्रमा जाने क्रममा आइतबार भद्रपुर विमानस्थलमा पुगेका अध्यक्ष ओलीले पार्टी चुनावको तयारीमा लागिरहेको तर ढुक्कको वातावरण बनीनसकेको बताएका हुन्।
‘चुनाव हुने भयो भने हामी भाग लिन्छौं, चुनावको वातावरण त यसै भन्न सकिन्न अझै पनि,’ ओलीले भने। चुनाव हुने नहुने कुरा सरकारले बुझ्नुपर्ने उनको भनाइ थियो। यद्यपि, उनले अब चुनाव हुन्छ भन्ने आफूले ठानेको बताए।
यसअघिका निर्वाचनमा आफ्नो क्षेत्रमा कमै देखिने ओलीलाई यसपटक भने रास्वपा वरिष्ठ नेता बालेन साहले चुनौती दिएपछि पहिलोपटक घरदैलो अभियानमा लागेका छन्।
यसअघि झापा क्षेत्र नं. ५ का कमल, गौरादह तथा गौरीगञ्जका विभिन्न टोलमा पुगेर मतदाताहरूसँग भेट गरेका ओलीले सकेसम्म सबै मतदातासम्म पुग्ने लक्ष्य रहेको बताएका छन्।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया