बिएल संवाददाता
नेपाल प्रेस युनियन नवलपरासीका निवर्तमान अध्यक्ष तथा कांग्रेस कार्यालय सचिव पुरुषोत्तम सुवेदीले पार्टी परित्यागको घोषणा गरेका छन्।
लामो समयदेखि पार्टी र शुभेच्छुक संस्थामा आबद्ध रहँदै आएका उनले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै दुवै जिम्मेवारीबाट अलग भएको घोषणा गर्दै साधारण सदस्यसमेत नरहने गरी पार्टी छोडेको घोषणा गरेका हुन्।
विज्ञप्तिमा उनले पछिल्लो समय पार्टी पंक्तिबाट संस्थागत रूपमा कुनै अनुभूति हुन नसकेको उल्लेख गर्दै गहन सोचविचारपछि आजैको मितिबाट लागू हुने गरी राजीनामा दिने निर्णयमा पुगेको जनाएका छन्।
उनले विज्ञप्तिमार्फत आफूलाई विभिन्न जिम्मेवारीमा रहेर सेवा गर्ने अवसर दिने पार्टी नेतृत्व, संस्थागत सहकर्मी तथा शुभेच्छुकहरूप्रति धन्यवाद ज्ञापन गरेका छन्।
उनी यसअघि प्रेस युनियनबाटै नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्य बनेका थिए।
‘हिजोसम्म दिने ठाउँमा थिए, आज माग्ने ठाउँमा’
पुरानै रबैयामा फर्किए ओली, एक–एकलाई कारबाहीको डन्डा चलाउने चेतावनी
‘कसैले जित्ने वा हार्ने होइन, न्याय मार्ने काम भइरहेको हेक्का होस्’
यसरी त कसरी चल्ला र देश ?
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया