बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का बागमती प्रदेश उपसभापति दिनेश हुमागाईंले पार्टी परित्याग परित्याग गरेको घोषणा गरेका छन्।
महामन्त्रीलाई सम्बोधन गर्दै नेता हुमागाईंले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको घोषणा गरेका हुन्।
हुमागाईंले ०७९ को निर्वाचनमा काभ्रे–२ मा रास्वपाबाट प्रतिनिधिसभाको उम्मेदवार बनेर १० हजार ५७३ मत ल्याएका थिए।
उनले राजीनामा पत्रमा रास्वपा छाड्नुका ७ कारण खुलाएका छन्।
उम्मेदवार छनोटमा चरम आर्थिक चलखेल भएको, केन्द्रीय संरचना विस्तार तथा सदस्यता तथा आर्थिक व्यवस्थापनमा अपारदर्शीता देखिएको उनको आरोप छ।
‘उम्मेदवार छनोट प्रक्रिया विधान, मापदण्ड र आन्तरिक लोकतन्त्रविपरीत सञ्चालन गरिएको देखिन्छ। वर्षौंदेखि पार्टीमा समर्पित कार्यकर्ताहरूलाई पाखा लगाई अन्य दलबाट हालसालै आएका व्यक्तिहरूलाई प्राथमिकता दिइएको छ,’ उनले पार्टीमा बुझाएको राजीनामा पत्रमा भनिएको छ, ‘विशेष रूपमा, दुई–चार दिन अघाडिसम्म मोबाइल पसलमा काम गरिरहेका, गीत गाइरहेका, सामाजिक अभियन्ता भनेर हिँडिरहेका, चटकदारहरूलाई स्वार्थको आधारमा उम्मेदवार बनाइएको छ।’
‘पार्टीले सुरुमा २०७९ को निर्वाचनमा जान्नेलाई छान्ने भनेको थियो। तर व्यवहारमा तिनै जान्ने, सीमित व्यक्तिहरू, माथिका व्यक्तिहरूलाई चाकडी गर्ने, खुसी पार्ने, वरिपरि घुम्ने (नेपालीमा ‘गणेश प्रवृत्ति’) पात्रहरूलाई प्रत्यक्ष र समानुपातिक दुवैतर्फ प्राथमिकता दिइएको छ,’ उनले थपेका छन्, ‘पार्टीले चयन गरेको चरम चलखेलले भोलिको नेपालको संसद चटकदारहरूको थलो, विकृत र अवसरवादी संरचनामा परिणत हुने स्पष्ट संकेत देखाएको छ।’
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया