बिएल संवाददाता
नेकपा एमालेले आगामी निर्वाचनपछि सरकारको नेतृत्व गर्ने अवसर पाए मन्त्रिपरिषद् बैठकबाटै निर्णय गराएर ११ वटा कामहरू गर्ने प्रतिवद्धता जनाएको छ।
बिहीबार एमालेले काठमाडौंको तारे होटल एभरेस्टमा घोषणापत्र सार्वजनिक गर्दै आगामी निर्वाचनपछि सरकार बनेमा तत्काल गर्ने कामहरूको लिस्ट सार्वजनिक गरेको हो।
एमालेको घोषणा पत्रमा जेनजी उमेर समूहका युवालाई निःशुल्क इन्टरनेट डाटादेखि सुरक्षाकर्मीको सम्मानसम्मका ११ वटा कामहरू मन्त्रिपरिषद् बैठकबाट निर्णय गराएर काम गरिने उल्लेख छ।
एमालेले भनेको छ, ‘१८ देखि २८ वर्ष उमेर समूहका युवाहरूलाई एक वर्षसम्म हरेक महिना १० जीबी इन्टरनेट डाटा निःशुल्क उपलब्ध गराउने छौं।’
त्यस्तै एमालेले आफ्नो नेतृत्वमा सरकार गठन भए मन्त्रिपरिषद् बैठकबाट युवा र उद्यमीलाई १० हजार बराबरको डलर कार्ड उपलब्ध गराउने पनि उल्लेख गरेको छ।
‘सूचना प्रविधि क्षेत्रमा आईटी/टेक उत्पादनहरूको अनुसन्धान, उत्पादन, विकास तथा निर्यात प्रवर्द्धन गर्न र स्टार्टअप व्यवसायमार्फत अनलाइन अन्तर्राष्ट्रिय कारोबारलाई सहज बनाउन युवाहरूलाई प्रतिव्यक्ति १० हजार अमेरिकी डलर बराबरको बैंक कार्ड उपलब्ध गराउने छौं,’ घोषणा पत्रमा छ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया