बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आधिकारिक ‘वाचापत्र’ सार्वजनिक गरेको छ।
बिहीबार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजित चुनावी सभामा रास्वपाले चुनावी वाचापत्र सार्वजनिक गरेको हो।
पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह(बालेन), उपसभापतिद्वय डोलप्रसाद अर्याल र डा. स्वर्णिम वाग्लेलगायत नेताहरूले संयुक्त रूपमा रास्वपाको चुनावी वाचापत्र सार्वजनिक गरे।
उपसभापति डा. वाग्लेले वाचापत्रमा मध्यम वर्गलाई केन्द्रमा राखेको दाबी गरे।
उनले भने, ‘लोकतन्त्र सुरक्षित हुनका लागि मध्यम वर्गको आकार ठुलो हुनुपर्ने भयो। मध्यम वर्ग सुरक्षित हुनुपर्ने भयो। र, मध्यम वर्ग भविष्यप्रति आशावादी हुनुपर्ने भयो। यसैले त्यही मध्यम वर्गलाई केन्द्रमा राखेर वाचापत्र ल्याएको छ।’
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया