बिएल संवाददाता
एउटा भारतीय अध्ययन संस्थानले नेपालमा हुन लागेको चुनावबारे एउटा प्रक्षेपण सार्वजनिक गरेपछि अब नेपाल नीतिमा भारतले के कस्तो हेरफेर गर्नसक्छ भन्ने बहस हुन थालेको छ। यद्यपि नेपालमा हुने हरेक राजनीतिक गतिविधि र परिवर्तनहरूलाई भारतले सधैं नजिकबाटै हेर्छ र आवश्यक परे हस्तक्षेपको प्रयाससमेत गर्दै आएको छ।
तर यसपालि भने म्याद नगुज्रिदैं आकष्मिकरुपमा हुन थालेको नेपालको निर्वाचनप्रति विश्वका शक्ति राष्ट्रहरूसमेत चनाखो भइरहेका छन्। गत भदौमा भएको जेनजी विद्रोहपछि पूर्व प्रधानन्यायधीश सुशीला कार्कीको नेतृत्वमा बनेको अन्तरिम सरकारलाई उत्साहजनक रुपमा स्विकार नगरेको भारतले त्यही सरकारले घोषणा गरेको आगामी फागुन २१ को निर्वाचन भने स्वच्छ र निष्पक्ष वातावरणमा हुने अपेक्षा राखेको थियो। यो चुनावमा पनि अघिल्ला पटकजस्तै भारतले सवारीसाधन लगायत अन्य चुनावी सामग्रीहरूमा सहयोग भने जारी राखेको छ।
मनोहर पर्रिकर रक्षा विश्लेषण एंव अध्ययन संस्थानले हालैमात्र नेपालमा हुन लागेको चुनावबारे एउटा प्रक्षेपण सार्वजनिक गरेको छ र त्यो प्रक्षेपणमा यसपालिको निर्वाचनमा कुनै पनि दलको स्पस्ट बहुमत नआउने भनिएको छ। नेपाल मामिलाका विज्ञ भनेर चिनिने संस्थानका अनुसन्धाता निहार आर नायकले यो संक्षिप्त अध्ययन तयार गरेका हुन्।
जेनजी आन्दोलनका कारण र त्यसका परिप्रेक्षहरू र त्यसैको जगमा राष्ट्रिय स्वतन्त्र पार्टी झन् आक्रामक भएर चुनावमा होमिएको उनको निश्कर्ष छ। उनको विश्लेषणअनुसार एमाले आफैभित्र विवादित र विभाजित भएको स्थितिमा छ। राष्ट्रिय स्वतन्त्र पार्टीले जेनजी विद्रोहको अपनत्व लिएको जस्तो गर्दै त्यही आन्दोलनबाट उदाएका केही पात्रहरूलाई लिएर यसपालिको निर्वाचनलाई ‘नयाँ र पुराना’बीचको प्रतष्पर्धा जस्तो बनाएको उनको निश्कर्ष छ।
‘यद्यपि नेपालमा निर्वाचन आचार संहिता लागु भइसकेको छ र मतदानको मिति नजिकिइरहेको छ। तोकिएको मितिमा चुनाव र नयाँ सरकार बन्छ भन्नेमा काठमाडौं अझै पूर्णरुपमा निश्चिन्त भइसकेको छैन’ यद्पि राजनीतिक दलहरू भने आफ्नो पूरै शक्ति लगाएर चुनावमा होमिइसकेको अवस्था छ’ उनले निश्कर्षमा भनेका छन्।
यो अध्ययनको निश्कर्षमा उनले उम्मेदवारी मनोनयन हुनुभन्दा अघिल्लो दिनमात्रै ‘विशेष महाधिवेशनबाट नेतृत्व फेरेको’ नेपाली काँग्रेस र त्यसपछि उसको चुनावी अभियानबारे केही भनेका छैनन्। तर यसपालिको निर्वाचनमा कुनै पनि पार्टीहरूले प्रस्ट बहुमत ल्याउन नसक्ने भने ठोकुवा गरेर भनेका छन्। मुख्यगरी नेपाली काँग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एमालेबीच हुने प्रतिष्पर्धाका बीच सरकार बन्ने र बनाउने बेलामा भने एमाले र रास्वपा निर्णायक शक्ति हुनसक्ने उनको आँकलन छ।
‘कुनै पनि दलले स्पष्ट बहुमत ल्याउने सम्भावना कम छ र निर्वाचनपछिको अर्थात् सरकार बन्ने बनाउने कुरा नेकपा-एमाले वा रास्वपा मध्ये एकमा केन्द्रित हुने अपेक्षा गरिएको छ’ उनको निश्कर्ष छ ‘यो निर्वाचनले कुनै प्रस्ट विजेता (पूर्ण बहुमत प्राप्त) नपाउनसक्छ। तर संसद र सरकारमा गठबन्धनका लागि एमाले र रास्वपा नै निर्णायक केन्द्रमा रहनसक्छन्।’
नेपाल सम्बन्धि कतिपय जानकार तथा विज्ञहरूले भने यसपालि नेपालमा कम्युनिस्टहरूको सिट संख्या निकै घट्नसक्ने आँकलन गरेका छन्।
रविलाई खेदिरहेको ‘नियति’सँगै रास्वपाले देशभरि चलाएको ‘स्वतन्त्र हावा’
राजनीतिको परम्परागत भागबण्डामा रास्वपाको ‘चकचकी’
माओवादीका ‘निशान’ मेटाएर रुकुम फर्किएका ‘प्रचण्ड’ पाइलाहरू
अडानदेखि अवसानसम्मः परिवर्तनको कठघरामा पुराना दलहरू
प्रेम दिवस
ओलीलाई मतदान : ७६ जेनजीको हत्या अनुमोदन
आफ्ना ‘कपूत’हरूको आतंककारी कर्ममा मित्र राष्ट्रहरूलाई नजोडने कि?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया