बिएल संवाददाता
सर्वोच्च अदालतले रिहा गर्न आदेश दिए पनि विवादस्पद मेडिकल व्यवसायी एवं राजावादी अभियन्ता दुर्गा प्रसाईं आज नछुट्ने भएका छन्।
सर्वोच्चको आदेशपछि रिहाइको ‘प्रक्रिया पुरा गर्नुपर्ने’ भन्दै जिल्ला प्रहरी परिसर काठमाडौंले उनलाई बुधबार मात्र रिहा नगर्ने निर्णय गरेको हो।
काठमाडौं प्रहरीका अनुसार प्रसाईंलाई जिल्ला सरकारी वकिल कार्यालयको सहमति लिएर बिहीबार रिहा गरिने छ।
मुलुकी फौजदारी कार्यविधि संहिता–२०७४ को दफा १५ को व्यवस्था अनुसार अभियुक्तलाई रिहा गर्न सरकारी वकिलसँग सहमति लिनुपर्ने तर, आज कार्यालय समय सकिएकोले हिरासतमै राखिएको हो। उनलाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसरको हिरासतमा राखिएको छ।
निर्वाचन विरोधी गतिविधिमा लागेका प्रसाईंलाई प्रहरीले प्रहरीले सार्वजनिक शान्ति विरुद्धको कसुरमा अनुसन्धान गरिरहेको छ। उनी गत फागुन ४ गते भक्तपुरबाट पक्राउ परेका थिए।
प्रसाईंले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोज कुमार शर्मा र मेघराज पोखरेलको इजलासले प्रसाईंकै पक्षमा फैसला गरेको थियो।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया