बिहिबार, २६ फेब्रुअरी २०२६

शंकर पोखरेलले भने– चुनावी तालमेलबारे निष्कर्षमा पुगिसकेका छैनाैं

News Image
फाइल तस्बिर
• • •

नेकपा एमालेका महासचिव शंकर पोखरेलले चुनावी तालमेलबारे निष्कर्षमा पुगिनसकेको बताएका छन्।

बिहीबार घोराहीमा आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्दै उनले त्यस्तो बताएका हुन् । 

उनले सञ्चारमाध्यममा आएका सबै कुरा सत्य नहुने भन्दै  अगाडि भने ‘जबसम्म दलहरू आफैं बोल्दैनन्। तबसम्म हतार गरेर बोल्न उचित हुँदैन।’  

केही दिनयता खासगरी पुराना दलका खास खास नेताको चुनावी  हावा फुस्कन थाले पछि  उनीहरूले तालमेलको विषयलाई मिडिया ट्रायल बनाएका छन् । 

दाङ २ बाट एमाले उम्मेद्वार रहेका शंकर पोखरेल पनि चुनावी दौडमा पछाडि रहेको र यसले पार्टीमा खासगरी पार्टी अध्यक्ष ओलीको चिन्ता बढाएको समाचारहरू बाहिरिएका छन्। झापा ५ मा जित निकाल्न हम्मे हम्मे परेका ओलीलाई पनि तालमेल चाहिएको छ। खासगरी एमालेका यी दुई नेतालाई जितका लागि तालमेल आवश्यक रहेको सन्दर्भमा ओलीले तालमेलको पासा मिडिया ट्रायलमा फालेका हुन्।

एमाले महासचिव पोखरेलले पनि 'चुनावी तालमेलबारे निष्कर्षमा पुगिसकेका छैनाैं' भनेर त्यही मिडिया ट्रायललाई बल दिएका छन्। 

उता, चितवन ३ मा नेकपा संयोजक प्रचण्डपुत्री रेनु र  कैलाली ५ मा बुहारी विनालाई जित्न पनि यस्तै तालमेलको आवश्यकता बढ्दैगएको  छ। प्रचण्डलाई यी दुई तालमेल चाहिएकाले पनि उनी ओलीसँग सम्वादमा रहेको  हुनसक्ने आशंका बढाएको छ । यति मात्र हैन, नेकपाका सहसंयोजक माधव नेपाललाई पनि रौतहटमा–१ मा तालमेलको जरूरी बढ्दै गएको बताइन्छ।

यही पृष्ठभूमीमा एमाले र नेकपाबीचको तालमेल आवश्यकता बढ्दै गएको हुनसक्छ।

यसअघि पनि जब जब  पार्टीका ठूला नेता र उनीहरूका आफन्तको जीतका लागि तालमेल चाहिन्छ तब तब पार्टीहरूबीच अनेक रंगीचंगी तामलमेल  हुँदैआएका छन्। यसपटक पनि त्यस्तो नहोला भन्न सकिन्न।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!