बिएल संवाददाता
पाकिस्तानले अफगानी तालिवानीविरुद्ध ‘खुला युद्ध’ सुरु भएको घोषणा गरेको छ।
शुक्रबार काबुलसहित अफगानिस्तानका प्रमुख सहरमा बमबारी गरेको पाकिस्तानले महिनौंदेखिको प्रतिशोधात्मक झडपपछि पाकिस्तानी रक्षामन्त्रीले छिमेकीबीच ‘खुला युद्ध’ सुरु भएको घोषणा गरेका छन्।
पाकिस्तानले अफगान राजधानी काबुल, तालिबान अधिकारीको दक्षिणी शक्तिकेन्द्र कान्दाहारमा हवाई आक्रमण गरेको छ। गएको अक्टोबरमा दुवै पक्षका ७० भन्दा बढी मानिस मारिने गरी भएको लडाइँपछि स्थल सीमानाका बन्द छन्।
इस्लामाबादले अफगानिस्तानमाथि पाकिस्तानमा आक्रमण गर्ने चरमपन्थी समूहविरुद्ध कारबाही गर्न असफल भएको आरोप लगाउँदै आएको छ। तालिबान सरकारले भने पाकिस्तानले आईएसआईएसलाई सहयोग गर्दै आएको आरोप लगाउँदै आएको छ।
‘काबुल, पक्तिया (प्रान्त) र कान्दाहारमा रहेका अफगान तालिबानका रक्षा लक्ष्यलाई निशाना बनाइएको छ,’ पाकिस्तानी सूचनामन्त्री अताउल्लाह तरारले सामाजिक सञ्जाल एक्समा लेखेका छन्।
पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले तालिबान सरकारसँग ‘पूर्ण मुठभेड’को घोषणा गरेका छन्। ‘हाम्रो धैर्यको सीमा नाघेको छ। अब हामी र तपाईंहरूबीच खुला युद्ध सुरु भएको छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।
पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले आफ्नो देशको सशस्त्र सेनासँग ‘कुनै पनि आक्रामक महत्त्वाकांक्षालाई कुल्चने पूर्ण क्षमता’ रहेको बताएका छन्।
अफगानिस्तानको दक्षिणी सहर कान्दाहारमा सर्वोच्च नेता हिबतुल्लाह अखुन्दजादा बस्छन्। त्यहाँ रहेका एएफपीका संवाददाताले आफ्नो टाउकोमाथि लडाकु विमानहरू उडेको आवाज सुनेको बताएका छन्।
तालिबान सरकारले पाकिस्तानी हवाई आक्रमणको पुष्टि गरेको छ। प्रवक्ता जबिहुल्लाह मुजाहिदले यसमा कुनै मानवीय क्षति नभएको बताएका छन्।
उनले यसअघि ‘पाकिस्तानी सेनाले पटक–पटक गरेको उल्लंघनको जवाफमा’ सीमामा ‘ठूलोस्तरको आक्रामक कारबाही’ सुरु गरिएको घोषणा गरेका थिए।
अफगान रक्षा मन्त्रालयले जमिनबाट गरिएको आक्रमणमा आफ्ना आठ सैनिक मारिएको जानकारी गराएको छ।
चुनावले संसद त दिने भो, तर त्यो संसदले सरकारचाँहि दिन्छ कसरी ?
राजनीतिको राजमार्गमा झुल्किन खोजेका ‘किरण’
यस्तो छ चुनावी इपिसेन्टर झापा-५ र सर्लाही-४ को पछिल्लो स्थिति
के भैरहेछ अमेरिकाको नेपाली डायस्पोरामा ?
इश्तियाकका चुनावी ‘इश्क’
रवि र ओली : दुवै उस्तै उस्तै हुन् नानु !
रविलाई खेदिरहेको ‘नियति’सँगै रास्वपाले देशभरि चलाएको ‘स्वतन्त्र हावा’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया