बिएल संवाददाता
अमेरिका र इजरायली आक्रमणमा इरानका रक्षामन्त्री अजिज नासिरजादेह र सेना प्रमुख अब्दुल रहिम मौसावीको मृत्यु भएको छ।
इरानको सरकारी समाचार एजेन्सी आईआरएनएले शनिबार भएको हमलामा उनीहरूको मृत्यु भएको रिपोर्ट सार्वजनिक गरेको हो।
इरानले पहिले नै सर्वोच्च नेता अली खामेनी, उनका सुरक्षा सल्लाहकार अली शामखानी र आईआरजीसी प्रमुख मोहम्मद पाकपुर पनि आक्रमणमा मारिएको पुष्टि गरिसकेको छ।
समाचार एजेन्सी आईआरएनएका अनुसार, धेरै अन्य सेना कमाण्डरहरू पनि मारिएका छन्। उनीहरूको विवरण तत्काल सार्वजनिक गरिने छैन।
सर्वोच्च नेता मारिएपछि त्यहाँ अस्थायी परिषद्ले देश सञ्चालनको जिम्मेवारी सम्हाल्ने छ। इरानको संविधानअनुसार, नयाँ सर्वोच्च नेता चयन नभएसम्म अस्थायी परिषद्ले देशको जिम्मेवारी लिने व्यवस्था छ।।
परिषद्मा राष्ट्रपति मसूद पजाश्कियान, सर्वोच्च अदालतका प्रधानन्यायाधीश घोलाम-होसेन मोहसेनी-एजे’ई, र अभिभावक परिषद्का एक धर्मगुरु रहने छन्।
सो परिषद्ले नै नयाँ सर्वोच्च नेता चयन गर्ने इरानी सञ्चारमाध्यमले जनाएका छन्।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया