बिएल संवाददाता
अनेरास्ववियु(क्रान्तिकारी) का केन्द्रीय संयाेजक नवराज भट्टले नवऔपनिवेशिक पुँजीवादी संसदीय व्यवस्थाविरुद्ध विद्रोह गर्नु युगीन कार्यभार भएकाे बताएका छन्।
मंगलबार विद्यार्थी दिवसका सन्दर्भमा शुभकामना वक्तव्य जारी गर्दै उनले भने, ‘नवऔपनिवेशिक पुँजीवादी संसदीय व्यवस्था र त्यसद्वारा निर्देशित एवम् सञ्चालित शिक्षा प्रणालीका विरुद्ध विद्रोह गर्नु युवा विद्यार्थीको नयाँ युगीन कार्यभार हो। किनभने त्यसले युवा विद्यार्थी, पूँजी र प्रतिभाको पलायन मात्र होइन, अपमानित सस्तो श्रमिकको रूपमा विदेश बेचिरहेको छ।’
संयाेजक नवराज भट्टले युवा विद्यार्थीको सुन्दर जीवन र भविष्यको ग्यारेन्टी वैज्ञानिक समाजवाद मात्र सम्भव भएकाे दाबी गर्दै उनले त्यसका खातिर वैज्ञानिक समाजवादी जनक्रान्तिको समर्थन, सहयोग र सहभागिता जरुरी रहेकाे बताए।
उनले नेपाली विद्यार्थी आन्दोलन बलशाली रहेको र विद्यार्थी आन्दोलन सङ्घर्ष, बलिदान र विजयको पर्याय भएकाे बताए।

निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया