बिएल संवाददाता
नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् भन्ने कामना गरेका छन्।
इरानमा अमेरिका र इजरायलको आक्रमणपछि मध्यपूर्वमा भइरहेको मिसाइल आक्रमणका विषयलाई लिएर ओलीले यस्तो कामना गरेका हुन्।
उनले मध्यपूर्वमा मिसाइल आक्रमणले आफूलाई रातभर निद्रा नलागेको उनको भनाइ छ।
‘मध्यपूर्वी देशहरू माथिको आकाशबाट बर्सिएका मिसाइलको धुवाँको दृष्यले आज निद्रा परेको छैन। ती देशमा लाखौं नेपाली आपत र कोलाहलमा छन्,’ अध्यक्ष ओलीले लेखेका छन्, ‘तिनका परिवारले यहाँ पलपल छट्पटाएर बस्नु परेको छ।’
‘अस्वाभाविक र खतरनाक त कुरा युद्ध र भूराजनीतिक चपेटा हो,’ अवसर छनौटकाल लागि खुला विश्वमा आज संसारका नागरिक संसारैभरी आउनु जानु स्वभाविक भएको बताउँदै ओलीले भनेका छन्, ‘ती देशहरु पनि पक्कै युद्ध चाहदैँन थिए। तर शक्तिको स्वार्थ घुसेपछि विवश हुनुपर्ने।’
अध्यक्ष ओलीले नेपालमा अहिलेसम्म सौभाग्यवश मिसाइलको धुँवा भोग्नु नपरेको उल्लेख गरेका छन्। ओलीले सबैलाई सजगता र धैर्यता लिन आह्वान गरेका छन्।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया